Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
सप्तरीका बासिन्दा हैजाबाट पीडित Print E-mail
Posted by Administrator   
Friday, 08 February 2008

मनोज श्रेष्ठ

सप्तरी : विभिन्न सशस्त्र समूहको आपराधिक क्रियाकलाप अनि बाढीबाट मारमा परेका सप्तरी वासी हैजा र झाडापखालाका कारण थप पीडित बनेका छन् । यस वर्ष जिल्लाका विभिन्न स्थानमा फैलिएको हैजा र झाडापखालाका कारण ३४ जनाको मृत्यु भइसकेको छ ।

इन्सेट सप्तरीका प्रतिनिधि प्रकाश खतिवडाका अनुसार २०६१ साउन १ गते तराइ जनतान्त्रिक मुक्ति मोर्चाले सुरु गरेको सशस्त्र द्वन्द्वले जिल्लाका १५ जनाको ज्यान लिइसकेको छ । त्यस्तै असार-साउनमा बाढीका कारण यहाँका १८ जनाको मृत्यु भएको थियो ।
यो वर्ष झाडापखाला र हैजाको महामारी फैलिँदा समेत रोकथामका लागि सरकारबाट कुनै कदम नचालिएको जनस्वास्थ्य कार्यालय सप्तरीका सिनियर अहेव शैलेन्द्र गुप्ताले बताउनुभयो ।
गत असोजमा प्रभावित क्षेत्रमा गएको बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको टोलीले २६ जनाको दिसा र १४ स्थानको पानी परीक्षण गरेको थियो ।
परीक्षणमा आठजनामा हैजा देखा परेको थियो । त्यस्तै सबै स्थानको पानीमा कोलिफर्म  ब्याक्टेरिया देखा परेको सिनियर अहेव गुप्ताले जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले सप्तरीका ५० गाविसमा झाडापखालाको प्रकोप देखिएको जनाएको छ ।
सगरमाथा अञ्चल अस्पतालका डाक्टर टेकनारायण मण्डलका अनुसार आकस्मिक कक्षा दैनिक आउने करिब २५ जना बिरामी मध्ये ८० प्रतिशत झाडापखालाका रोगी हुन्छन् । जिल्लामा झाडापखालाबाट प्रभावितको सङ्ख्या ५० हजारभन्दा बढी भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकोप फैलिएको क्षेत्रमा युनिसेफको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय र सबल नेपाल नामक गैरसरकारी संस्थाले प्रति परिवार एक एक थान पियुष, वाटर गार्ड र साबुन वितरण गरेका थिए । रोग प्रभावित बासिन्दा ती सामग्री आफूहरूले किनेर प्रयोग गर्न भने नसक्ने बताए ।

स्रोत : अन्नपूर्ण पोष्ट, २०६४ मंसिर १

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2017 NGO Forum - Nepal
powered by nepalonline.
No Image