साउनदेखि फोहोरबाट ग्यास उत्पादन थालिने |
Posted by Administrator
|
Sunday, 26 June 2016 |
- दामोदर न्यौपाने काठमाडौं : आगामी साउनभित्रै फोहोरबाट ग्यास बन्ने प्रविधि नेपाल भित्र्याइने भएको छ । जैविक फोहोरलाई प्लान्टमा हालेर पेलेपछि ग्यास निस्कन्छ । यसबाट खाना पकाउनुका साथै बिजुली उत्पादन पनि गर्न सकिन्छ । काठमाडौं महानगरले भने ग्यास निकाल्ने भएको छ । युरोपियन युनियन र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहोरबाट ग्यास उत्पादन गर्न लागेको हो । ‘साउन मध्यभित्रमा ग्यास अनि ग्यासबाट बिजुली उत्पादन गरिसक्छौं,’ महानगरका वातावरण विभाग प्रमुख रविमान श्रेष्ठले भने, ‘काम अघि बढिरहेको छ ।’ |
Read more...
|
|
उपत्यकाका ६२ ढुङ्गेधारा सुके, ५७ पुरिए, बचेकाको संरक्षण कसले गर्ला ? |
Posted by Administrator
|
Sunday, 26 June 2016 |
राष्ट्रिय समाचार समिति काठमाडौं : लुँहिटी, वहहिटी, ल्वँहिटी नं हिटी हे मखुला ? मन दुने तस्बिर दैन, भ्वँया तस्बिर माला दाइचा, वहेँला मजुला ? ( सुनको धारा, चाँदीको धारा, ढुङ्गेधारा धारा होइनन् र ? मनभित्र तस्बिर भइकन पनि दाइलाई कागजको तस्बिर किन चाहियो ? बहुला कुरा भएन त ? )
यो नेवारी कला र संस्कृतिले भरिपूर्ण काठमाडौँ उपत्यकामा जताततै पाइने ढुङ्गेधाराको वर्णन गरी नेपाल भाषामा गाइने प्रेम प्रसङ्ग जोडिएको एउटा गीतको पङ्क्ति हो । यो केटीको तस्बिर माग्ने एक केटालाई केटीले दिएको सटिक जवाफ हो । |
Read more...
|
|
यस्तो पानी पिउँछन् राजधानीवासी |
Posted by Administrator
|
Thursday, 26 May 2016 |
- प्रशान्त माली, ललितपुर बढ्दो गर्मीसँगै उपत्यकामा खानेपानीको माग बढेको छ । खानेपानीको माग बढेसँगै उपत्यकामा आपूर्ति हुने पानी गुणस्तरहीन पाइएको छ । व्यवसायीले उपभोक्तालाई पिउनयोग्य नभएका पानी वितरण गरिरहेका छन् । राजधानीमा पानीको माग बढेसँगै ट्यांकर व्यवसायीले मुहानको शुद्ध पानी भन्दै फोहोर ठाउँबाट संकलन गरिएका पानी उपभोक्ताको घरघर पुर्याउने गरेका छन् । योसँगै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ । महँगोमा ट्यांकरबाट किनेको पानी गुणस्तरहीन हुँदा छालाको समस्या देखिएको उपभोक्ता बताउँछन् । उपभोक्ताकोमा पुर्याउने पानी त गुणस्तरहीन छँदै छ व्यवसायीहरू व्यवसाय पनि बिनादर्ता सञ्चालन गरिरहेका छन् । यसबाट पानीमा कालोबजारी गर्नेको चलखेलसमेत बढेको छ । स्रोतको पानी र ट्यांकर व्यवसाय दर्ताको स्पष्ट कानुनी प्रावधान छैन । स्पष्ट कानुनी प्रावधान नहुँदा उनीहरू दर्ता प्रक्रियामा सामेल भएका छ्रैनन् । |
Read more...
|
|
५३ नगरपालिकामा ल्यान्डफिल साइट छैन |
Posted by Administrator
|
Friday, 20 May 2011 |
काठमाडौ : देशका ५८ नगरपालिकामध्ये ५३ वटा व्यवस्थित ल्यान्डफिल साइट नभएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । |
Read more...
|
|
Posted by Administrator
|
Friday, 20 May 2011 |
धादिङ : बढदो सहरीकरणसँगै जिल्लाको सदरमुकाम धादिङबेसी दुर्गन्धित पनि हुँदै गएको छ । सदरमुकाम धादिङबेसीमा मानव बस्तीका चापसँगै निस्कने फोहोरले दुर्गन्ध बढदै गएको हो । |
Read more...
|
|
ढल बनाउन महानगर कार्यालयमा धर्ना |
Posted by Administrator
|
Thursday, 19 May 2011 |
काठमाडौं : ढल निर्माण गरिदिने सम्झौता रद्द गरेको भन्दै गोंगबु बसुन्धरा क्षेत्रका बासिन्दाले बुधबार काठमाडौ महानगर कार्यालय घेराउ गरेका छन् । |
Read more...
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
Results 1 - 6 of 4770 |