Posted by Administrator
|
Wednesday, 20 April 2011 |
इटहरी : इटहरी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महसुल चौबर बनाएको छ । महसुलको अप्रत्ययासित र चर्को वृद्धिले उपभोक्ता मारमा परेका छन् । साना सहरी योजना निर्माण गर्दा नगर विकासबाट लिएको ७ करोड ९ लाख रुपैयाँ ऋण तिर्न भन्दै संस्थाले पानीको महसुल बढाएको हो । |
Read more...
|
|
डेढ सय घरका लागि एउटा धारो |
Posted by Administrator
|
Wednesday, 20 April 2011 |
ओखलढुंगा : यहाँको ठूलाछाप गाविसका झन्डै डेढ सय घरधुरीका उपभोक्ताले एउटै धारोबाट काम चलाउनुपरेको छ । खानेपानीको मुहान सुक्दै गएपछि ठूलाछाप, ४ निशंखे बजारका १ सय ४१ घरधुरी र पाँच कार्यालयका उपभोक्ता एउटै धारा प्रयोग गर्न बाध्य भएका छन् । |
Read more...
|
|
पानीको अभावले चर्पीमा ताला |
Posted by Administrator
|
Tuesday, 19 April 2011 |
बैतडी : गाउँमा पक्की चर्पी छ तर वर्षा दस महिना ताला लगाएको हुन्छ दुइ महिना मात्र प्रयोगमा आउँछ । त्यो पनि वर्षायाम शुरु भएपछि यो समस्या भोग्दै आएका छन् मल्लादेही ९ का बासिन्दाले असार साउनमा पानी परेपछि मात्र चर्पीको ताला खुल्छ अन्य दश महिना भने ताला लगाउने गर्छन । |
Read more...
|
|
राजधानीको फोहोर उठाउन दैनिक ७ लाख |
Posted by Administrator
|
Tuesday, 19 April 2011 |
काठमाडौं : फोहोरलाई मोहर बनाउने योजना अघि बढाएको काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर व्यवस्थापनका लागि दैनिक ७ लाख रुपियाँ खर्चिने गरेको छ । राजधानीबाट मात्र दैनिक ३ सय ६५ टन फोहोर संकलन हुने गरेको छ । कामपाले फाहोर व्यवस्थापनमा सबैभन्दा बढी रकम खर्च गर्ने गरेको छ तर यसले आशातीत सफलता हासिल गर्न सकेको छैन । |
Read more...
|
|
Posted by Administrator
|
Monday, 18 April 2011 |
खानेपानीको चर्कदो अभावले काठमाडौवासीलाई खर्लप्पै निलेको छ । खानेपानीको हाहाकार मच्चिँदै जानथाले तापनि अपेक्षित राहत दिनेतर्फसम्बन्धित पक्ष जुर्मुराएको अनुभूति पाइँदैन । जुन जोगी आए पनि कानै चिरिएको उखान खानेपानी क्षेत्रमा प्रष्टिको छ । नेपाल खानेपानी सस्थानले खानेपानीको जिम्मा लिएका बखत पानीको किल्किल्ति नमेटिएको र्सवविदितै छ भने पानीको व्यवस्था मिलाउन अघि सरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड काउखालि जिम्मेवार सावित भएको छैन । |
Read more...
|
|
Posted by Administrator
|
Sunday, 17 April 2011 |
लोडसेडिङले बिजुली र पानीको सम्बन्धलाई नङ र मासुको जस्तै बनाइदिएको छ । आजभोलि सात दिनमा दुइ घन्टामात्र खाने पानी आउँछ । डेरामा बस्नेले हाउसफुल बनाएको काठमाडौंलाई दुइघन्टे खानेपानीले कसरी धानोस् । बिजुली र पानीको तालिका नमिल्दा भान्सामा त के बाथरुममा पनि पानी र्झन छोडेको छ । |
Read more...
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
Results 43 - 48 of 4770 |