Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
लाज मानौं
Posted by Administrator   
Wednesday, 17 October 2007

जति समाचार बनेपनि देशको पुरानो वीर अस्पतालमा कहिल्यै जवाफदेहीपनको विकास हुन सकेको छैन । संयन्त्रको अभावले हो वा चिकित्सक र व्यवस्थापनको लापरबाहीका कारण, समय-समयमा विभिन्न लज्जास्पद समाचार आउने गरेको छ । 'अस्पतालका फोहोर महानगरका कन्टेनरमा' (५ भदौ) समाचारले मैले कुनैबेला साधना पत्रिकाका लागि गरेको लेखको याद आयो । झन्डै तीन वर्षअगाडि यो समस्याबारे काठमाडौंका अधिकांश अस्पताल पुगेर फोहोर व्यवस्थापनसम्बन्धी जानकारी संकलन गरेको थिएँ । त्यस समय वीर अस्पतालको हालत सबैभन्दा नाजुक थियो ।

Read more...
 
विवादास्पद व्यक्ति अध्यक्षमा
Posted by Administrator   
Wednesday, 17 October 2007

काठमाडौं, भदौ ४ - भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले नवगठित खानेपानी महसुल निर्धारण आयोगमा बीेकेमान सिंहलाई नियुक्त गरेकी छिन् । यमीले २०५४ मा शाही नेपाल वायुसेवा निगम र नेपाल औद्योगिक विकास निगमलाई आर्थिक रूपले धराशायी पारेको आरोप लागेका व्यक्तिलाई अध्यक्ष पदमा नियुक्ति गरेकी हुन् ।

Read more...
 
झाडापखालाबाट नौको मृत्यु
Posted by Administrator   
Wednesday, 17 October 2007
बाजुरा, भदौ ४ - बाजुरा र कालिकोटमा झाडापखालाले नौजनाको मृत्यु भएको छ । बाजुराको गोत्री गाविसमा चार र कालीकोटमा पाँचको मृत्यु भएको हो ।
Read more...
 
अस्पतालका फोहोर महानगरका कन्टेनरमा
Posted by Administrator   
Wednesday, 17 October 2007

काठमाडौं, साउन ५ - फोहोरको डंगुरबाट उनले सिरिन्ज र निडिल फुत्त-फुत्त फ्याँकिरहेका थिए । सिरिन्ज पोलिथिनका बोरामा राख्दै थिए, निडिल भने फोहोरको थुप्रोमै मिल्काइरहेका थिए । 'सिरिन्ज र बोतल हामी लैजान्छौं, निडिल र अरू फोहोर महानगरको गाडीले लान्छ,' मंगलबार बिहान वीर अस्पताल परिसरमा फोहोर छुट्याउँदै गरेका बाबुराम विश्वकर्माले भने- 'सिरिन्ज फेरि प्रयोग गर्न सकिन्छ, निडिल यहीँ फाल्छौं ।' केही क्षणअघि उनले डंगुरबाट निडिलसहितको सिरिन्ज छानिरहेका थिए ।

Read more...
 
सेभेन ट्रेन्टसँगको सम्झौता रद्द
Posted by Administrator   
Wednesday, 17 October 2007

काठमाडौँ, भदौ ४ गते । सरकारले काठमाडौँ उपत्यकाको खानेपानी तथा ढल प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि व्यवस्थापन करारअर्न्तर्गत आहृवान गरेको सेभेन ट्रेण्ट वाटर इन्टरनेसनल लिमिटेडसँग यसअघि भएका लिखित सम्झौता, टेन्डर, बिललगायतका सम्पूर्ण कारबाही र प्रक्रियाहरू रद्द गर्ने निर्णo गरेको छ ।

 

Read more...
 
अध्यक्ष हटाएकामा एडीबीको आपत्ति
Posted by Administrator   
Wednesday, 12 September 2007
काठमाडौं, भदौ २५ - भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल) का अध्यक्षलाई हटाएपछि एसियाली  विकास बैंक -एडीबी) ले आपत्ति प्रकट गरेको छ । मंगलबार मनिला फर्केको एडीबी मिसनले मेलम्ची खानेपानी आयोजनाको संस्थागत सुधार प्रक्रियामा मन्त्रीको राजनीतिक हस्तक्षेपलाई आफ्नो प्रतिवेदनमा समेत  उल्लेख गरेको छ । कान्तिपुरलाई प्राप्त मिसनको प्रतिवेदनमा 'अब उप्रान्त पदावधि किटान भएको व्यक्ति हटाउनुपर्दा एडीबीको सहमति लिनुपर्ने' थप सर्त राखेको छ ।
Read more...
 
<< Start < Prev 791 792 793 794 795 Next > End >>

Results 4759 - 4764 of 4770
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image