Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
नाटोद्वारा फोहोर हटाउन आग्रह
Posted by Administrator   
Wednesday, 12 September 2007

काठमाडौं, भदौ २५ - नेपाल एसोसिएसन अफ टुर अपरेटर्स -नाटो) ले राजधानीमा थुपि्रएको फोहोरका कारण पर्यावरण र मुलुकको पर्यटकीय छविमा नकारात्मक असर परेको भन्दै छिट्टै सफा गर्न आग्रह गरेको छ । नाटोद्वारा मंगलबार जारी विज्ञप्तिमा फोहोर तथा दुर्गन्धका कारण पर्यटकले बसाई छोट्याउन थालेको उल्लेख छ ।

Read more...
 
जंगल पसेको वाग्मती
Posted by Administrator   
Wednesday, 12 September 2007
हालै स्थानीय जनताको सहभागिताको हवाला दिएर उपत्यकाका अत्यन्त सीमित हरित क्षेत्रमध्येको पशुपतिको वन मिच्ने कामको नेतृत्व माओवादीले गरेको छ । पहिलो त भनिएजस्तो यो स्थानीय जनताको सहभागितामा भएको कार्य होइन किनकि यो नगरपालिकाभित्र पर्ने राष्ट्रिय जंगल स्थानीय बासिन्दाको होइन । उनीहरू आफ्नो फाइदाका लागि बटुलिएको मूलपानी गाविसको भीड हो ।
Read more...
 
वाग्मती सभ्यतावादीहरू सावधान !
Posted by Administrator   
Wednesday, 12 September 2007

माओवादीद्वारा पशुपति क्षेत्रमा सडक निर्माण समाचार  -२४ भदौ) ले मलाई  पनि दुःखी बनाएको छ । मसँग भएका यससम्बन्धी फाइल पल्टाउन थालेँ । असार ११ मा वाग्मती सुधार आयोजनाका कृष्ण केसीले अध्यक्षको हैसियतले दस्तखत गर्नुभएको विज्ञप्ति र वाग्मती सभ्यता एकीकृत विकास कोष स्थापना र अवधारणा फेला पारेँ । तर कतै पनि यो समितिलाई अहिले विवादमा आएको सडक खन्ने अधिकार दिइएको छैन । नपाएको पगरी लगाएको जस्तो भयो ।

Read more...
 
खानेपानीको अभाव
Posted by Administrator   
Tuesday, 11 September 2007
चौतारा, भदौ २३ - पहिराले मुहानको पाइप बगाएपछि सदरमुकाम र आसपासका गाउँमा चार दिनदेखि खानेपानी अभाव भएको छ । चौताराबाट करिब तीन घन्टा टाढा स्याउले र सेलाङको बीचमा पर्ने मुख्य पाइप पहिरोले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । यसबाट पाँच गाविसका ३४ हजार उपभोक्ता खानेपानीबाट  वञ्चित भएका छन् ।
Read more...
 
फोहोर उठाउन सुरु
Posted by Administrator   
Tuesday, 11 September 2007
काठमाडौं, भदौ २३ - फोहोरमैला व्यवस्थापनमा संलग्न विभिन्न  पक्षको आन्दोलनका कारण राजधानीमा थुप्रिएको फोहोर उठाउन सुरु गरिएको छ। महानगरपालिकाले सबै फोहोर उठाउन कम्तीमा तीनदिन लाग्ने जनाएको छ। 
Read more...
 
झाडापखालाले एकको मृत्यु
Posted by Administrator   
Tuesday, 11 September 2007
स्याङ्जा, भदौ २३ - दूषित पानीले गाउँमा फैलिएको झाडापखालाले एक महिलाको मृत्यु भएको छ । पुतलीबजार-८ सतौं अधेरीका देवीलाल ढकालकी श्रीमतीको पखालाले मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बुधबार मृत्यु भएको हो ।
Read more...
 
<< Start < Prev 791 792 793 794 795 Next > End >>

Results 4765 - 4770 of 4770
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2017 NGO Forum - Nepal
powered by nepalonline.
No Image