संस्थानको लापरबाहीले पोखरामा खानेपानी समस्या |
Posted by Administrator
|
Saturday, 16 April 2011 |
पोखरा : १ बगर भीमकालीपाटनका धु्रब श्रेष्ठको घरअगाडिको सडकमा पानीको पाइप फुटेको दुइ वर्षहुन लाग्यो । उनले पटक पटक खानेपानी संस्थानलाई मर्मतका लागि अनुरोध गरे, तर सस्थान पोखरा शाखाले कुनै चासो दिएन । पाइप फुटेको दुइ वर्षपुग्ने खानेपानी संस्थानले मर्मतका लागि पहल गरेको छैन । |
Read more...
|
|
पानी परीक्षण प्रयोगशाला केमिस्ट'को अभावमा प्रयोगविहीन |
Posted by Administrator
|
Saturday, 16 April 2011 |
कोहलपुर : अधिकृतस्तरका प्राविधिक श्रेणीको सिनियर केमिस्ट आउन नमानेपछि नेपालगञ्चमा स्थापना गरिएको क्षेत्रीयस्तरको पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन् । पानीको गुणस्तर परीक्षणका लागि खानेपानी तथा सरसफाइ डिभिजन क्षेत्रीय कार्यालय नेपालगञ्चमा दुइ वर्षअघि प्रयोगशाला स्थापना गरिएको थियो । |
Read more...
|
|
दुइ सय परिवारको काकाकुलको नियति हट्यो |
Posted by Administrator
|
Friday, 15 April 2011 |
पर्वत : विगतका दिनमा पानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य पर्वतको एक गाँउमा झन्डैं २ सय घरपरिवार पानीको समस्याबाट मुक्त भएका छन् । पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजना र जिविस पर्वतको सहयोगमा रानीपानी गाविसका ६ वटा योजना सम्पन्न भएपछि १ सय ९६ घरपरिवारले पानीका लागि घन्टौं हिँड्नुपथ्र्यो, घन्टौं लाइन लगाउनुपथ्र्यो, त्यसबाट अब मुक्त |
Read more...
|
|
महादेवबेसीमा खानेपानी आयोजना |
Posted by Administrator
|
Friday, 15 April 2011 |
धादिङ : जनजागृति माध्यमिक विद्यालयमा खानेपानी आयोजना निर्माण गरिएको छ । मुलुकका ४० जिल्लाबाट आई आग्रा खोला जिल्लाबाट आई आग्रा खोला आसपास रोडा ढुंगामा काम गर्ने मजदुर तथा विद्यार्थीमा अशुद्ध पानीका कारण रोग बढ्न थालको विश्लेषणपछि रोटरी क्लब जर्मरी १८६० को सहयोग, बाल विकास समाजको आयोजना र चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिर्ड्स धादिङको व्यवस्थापनमा खानेपानी आयोजना निर्माण गरिएको हो । |
Read more...
|
|
कास्कीका ४३ गाविस खुला दिसामुक्त |
Posted by Administrator
|
Thursday, 14 April 2011 |
पोखरा : कास्कीका ४३ वटै गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । बुधबार ३ गाविसलाई खुलादिसामुक्त क्षेत्र घोषणा गरी ४३ पुर्याइएको छ । बुधबार लुम्रे घान्द्रुक र थुम्की गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । कास्की जिविसका योजना अधिकृत जीवन ज्ञवालीले कास्कीका ४३ वटै गाविसलाई खुला दिसामुक्त क्षेत्र बनाइएको बताए । |
Read more...
|
|
उचित व्यवस्थापन भए फोहोर मोहरमा रुपान्तरण |
Posted by Administrator
|
Thursday, 14 April 2011 |
काठमाडौं : सर्वोच्व अदाल बार एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद सापकोटाले फोहोर व्यवस्थापनको आधारभूत समस्या भनेकै राजनितिक तथा प्रशासकीय अड्चन हो भन्नुभएको छ । नेपाल बार एसोसिएसन, वातावरण कानुन समितिले बुधबार राजधानीमा आयोजना गरेको फोहोर मैला व्यवस्थापनसम्बन्धी समस्या र समाधानका उपायहरू विषयक अन्तर्किया कार्यक्रममा अध्यक्ष सापकोटाले सो कुरा बताउनुभएको हो । |
Read more...
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
Results 49 - 54 of 4770 |