Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
धमिलो पानी खान बाध्य Print E-mail
Posted by Administrator   
Thursday, 14 October 2010

बागलुङ : पर्यटकीय क्षेत्र गाजादह आसपासमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा दहको पानी खान बाध्य भएका छन् । दमेक दुदिलामाटी र सिगाना गाविसको सिमानामा पर्ने गाजामा बस्ने एक सयभन्दा बढी परिवारको वासिन्दाले पानी अभावमा दहको धमिलो पानी छानेर खान बाध्य भएका हुन् ।

उच्च स्थानमा भउकाले नजिकमा मुहान नपाइने कम्तिमा एकदेखि डेढ घण्टा हिँडेपछि मात्र मुहामन भेटिने भउकाले दहकै पानी छानेर खानुपरेको स्थानीयले गुनासो गरे । पानी अभावमा उक्त स्थानमा दिनदिनै फोहोरसमेत बढदै जान थालेको स्थानीयले बताएका छन् । 'दहकै पानी छानेर खान बाध्य भएका छौ' स्थानीय व्यापारी रामप्रसाद छन्त्यालले भन्नुभयो । पटक पटक योजना नीर्माणबारेमा जानकारी गराए पनि कसैले वास्तासमेत गरेका छैनन् । दैनिकजसो जिल्लाका अधिकारीहरु पर्यटन क्षेत्र भन्दै हेर्न आउछन तर खानेपानीको समस्यालाई टिपेर मात्र लैजान्छन सहयोग गर्दैनन छन्त्यालले भन्नुभयो । आन्तरिक र बाहिरी पर्यटक आउने भएकोले उक्त स्थानमा खाने वस्ने होटल तथा एक सयभन्दा बढी घरपरिवार पनि वस्दै आएका छन् । पर्यटन क्षेत्र भए पनि सरसफाई र खानेपानीको अभावले ओझेलमा पर्न थालेको थुनासो आएपछि स्थानीय विकास अधिकारी विष्णुबहादुर थापाले यो वर्षने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त स्थानमा जिविस बागलुङको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना मार्फ योजना निर्माण गर्ने सोच बताएको थापाले बताउनुभयो ।
'परियोजना लागू गरेर खानेपानी, सरसफाई र घरघरमा शौचालय निर्माण गर्ने काममा समेत  सहयोग गर्ने कार्यक्रम छ' थापाले भन्नुभयो । गाजाका बासिन्दाले भने एक दशक अघिदेखि उक्त स्थानलाई पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग गर्दै आएका छन् । पर्यटन क्षेत्रसँगै खानेपानी, सरसफाइ लगायतका कार्यक्रम लागू गर्न सकिने गाजा दह संरक्षण समितिका अध्यक्ष होमनाथ सापकोटाले बताउनुभयो । सतुवा, चिराइतो, रक्तमुल, घिउकुमारी, आकाशेवेली, सेतो बुर्जो, गानो, पखनवेद, पराल चाल्नो, पहँले, कुखुरेविष, गोलकाँक्री, सिकारीलरा, बोझो, कचुर लगायत दर्जनौ प्रकारका जडीबुटी पाइने उक्त स्थानलाई संरक्षण क्षेत्रसमेत बनाउन आवश्यक भएको स्थानीयको माग छ ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ असोज २८, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image