Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
पाँच जिल्लामा सरसफाई अभियान थालिने Print E-mail
Posted by Administrator   
Friday, 15 October 2010

ललितपुर : भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत गठित राष्ट्रिय समन्वय एकाइले विश्वव्यापी सरसफाई कोष कार्यक्रमको सहयोगमा राष्ट्रिय सरसफाई कार्यक्रम सुरु गरेको छ । विश्व सरसफाई कोष कार्यक्रमले नेपाललाई सरसफाई अभियानमा विभिन्न सुधारात्मक गतिविधि सञ्चलन गर्नका लागि ५० लाख अमेरिकी डलरबराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

कोषबाट प्रदान गरिने उक्त सहयोग रकम नेपालमा विभिन्न सफाई कार्यक्रम प्रभावकारी बनाउन उपयोग गरिने भएको छ । उक्त सहयोग रकमको प्रभावकारी वितरणका लागि कोषले खुला प्रतिस्पर्धाबाट यूएन हृयाविटाटलाई कार्यकारी निकायका रुपमा चयन गरेको छ । उक्त कार्यक्रमल् सरसफाई सुविधाबाट वञ्चित करिब ३० लाख नेपालीलाई आधारभूत सरसफाई सुविधा प्रदान गर्न तिन विकास क्षेत्रका कम्तीमा पाँच जिल्लामा सरसफाईका गतिविधि सञ्चालन गर्नेछ । सरसफाई क्षेत्रमा दीर्घकालीन विकासक लागिउक्त कार्यँक्रमले नगारिक समाज विद्यालय र निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि कार्यक्रम पनि सञ्चालन गर्नेछ । राष्ट्रिय सरसफाई गुरुयोजना कार्यान्वयनका लागि स्थानीय तथा राष्ट्रियस्तरमा संस्थागत क्षमता अभिवृद्धिका लागि उक्त कोषबाट सहयोग प्रदान गरिनेछ ।
यसैगरी राष्ट्रिय सरसफाई निती र अवधारणा प्रभावकारी बनाउन आधारभुत सरसफाईका गतिविधिबाट प्राप्त अनुभवको पहिचान गर्ने कार्य पनि अघि बढाइनेछ । युनिसेफले सन २००५ मा गरेको एक सर्वेक्षणका अनुसार नेपालमा कुल जनसंख्याको ४३ प्रतिशत जनतामा मात्र शौचालय सुविधा पुगेको छ । यस्तै खानेपानी सुविधा ८० प्रतिशत जनतामा विस्तार भएको पाइन्छ । सरकारी तथा सामुदायिक विद्यालयमध्ये करिब ४१ प्रतिशतमा मात्र शौचालयको सुविधा उपलब्ध छ ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ असोज २९, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image