Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानी टयाँकी निर्माणपछि स्थानीयवसीलाई राहत Print E-mail
Posted by Administrator   
Friday, 15 October 2010

भैरहवा : घरनजिकै पानीको स्रोत नहुँदा खानेपानी लिन जान घन्टौ समय लगाउने रुपन्देहीको सालझण्डी, दूधराक्ष र पर्र्रोहा गाविसका बासिन्दाले अब पानीको लागि खोला तथा इनारमा धाउनुनपर्ने भएको छ ।

ओभरहेड टयाँकीको निर्माण गरी शुद्ध खानेपानी गाउँमै वितरण भएपछि ती गाविसका बासिन्दा खानेपानी समस्याबाट मुक्त भएका हुन् । सालझाण्डी ७ र ९ स्थित पीपलडाँडामा पीपलडाँडा खानेपानी आयोजना, दूधराक्षको बुद्धनगर तथा पर्रोहाको गंगानगरमा टयाँकी निर्माण गरी खानेपानी वितरण गरिएको छ । फन्टबोर्डको आर्थिक तथा इनद्रेणीग्रामीण विकास केन्द्र बुटवलको प्राविधिक सहयोगमा ती गाविसमा डिप टयुबवेल मार्फत जमिनमुनिको पानी निकाली आयोजनाहरुको निर्माण भएको छ । पीपलडाँडा खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाका अनुसार पिपलडाँडामा निर्मित खानेपानी आयोजनाले सो क्षेत्रका दुइ सय १३ घरपरिवार लाभान्वित भएका छन् उनका अनुसार उक्त ठाउँको भौगोलिक नावट उचाइमा भएका कारणले गर्दाव्यक्तिगत लगानीमा एक लाख रुपैयाँसम्म खर्च गर्दा पनि टयुववेलबाट पानी निकाल्न सकिएको थिएन । वर्षाको समयमा सँगालेकोपानी पनि पुस माघमै सकिँदा पानी लिन एक घन्टा समय लाएर जानुपर्दथ्यो । उनी भन्छन 'खोला तथा इनारमा जाँदा पनि शुद्ध खानेपानी पाइदैनथ्यो । आयोजनाको निर्माणपछि अब पानीको समस्या हटेको छ ।' कुल २७ लाख ७८ हजार रुपैयाको लागतमा पिपलडाँडा खानेपानी आयोजनाको निर्माण गरिएको हो । यो आयोजनाको प्रारम्भिक निर्माण थालनी २०६४ सालको भदौमा सुरु गरिएको समितिका अध्यक्ष सापकोटाले बताए । २६ हजार लिटर क्षमताको उत्तः टयाँकीबाट वितरण गरिने पानीका २७ वटा सार्वजनिक धारा निर्माण गरिएका छन् ।
त्यसैगरी टयुववेलकोपानीमा आर्सेनिक र आइरनको मात्रा बढी भएपछि शुद्ध पिउने पानीको समस्या भोगिरहेका दूधराक्ष बुद्धनगरका बासिन्दा पनि पानीको समस्याबाट मुक्त भएका छन् । दूधराक्ष ३ मा निर्माण गरिएको २६ हजार लिटर क्षमताको खानेपानी आयोजनाले त्यस क्षेत्रका दुइ सय ४७ घरपरिवार लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष धनप्रसाद पौडेलले बताए । उक्त ठाउँको आयोजना गएको चैत्रदेखि सञ्चालनमा आएको हो । त्यस्तै पर्रोहा ४ गँगानगरस्थित आयोजनाबाट दुइ सय घरपरिवार लाभान्वित भएका छन् । 'गाउँमा भएको पानीको समस्याले गर्दा जेठ बैशाखमा पानी लिन एक घन्टा हिँडेर लामेदह, मूलपानी र खगनपुरसम्म जानुपर्ने बाध्यता थियो' स्थानीय तमबहादुर पूजामगरले भने । इन्द्रेणी ग्रामीण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदीप शाहले रुपन्देही र कपिलवस्तु जिल्लाको विभिन्न गाविसमा गरी १२ वटा आयोजना अझै निर्माण हुन बाँकी रहेको बताए । उनले ती ठाउँमा पनि आयोजना निर्माण गरी शुद्ध पिउनेपानीबाट वञ्चित सर्वसाधारणलाई पानी उपलब्ध गराउने लक्ष्य संस्थाले लिएको जानकारी दिए । सालझण्डी गविसका सचिव अग्निप्रसाद पौडेलले गैरसरकारी संस्थाबाट निर्माण हुने आयोजनाबाट सालझन्डीमा देखिएको खानेपानी समस्याको धेरैमात्रामा समाधान भएको उल्लेख गरे ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ असोज २९, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image