Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
पाथीभरा जाँदा पानी बोक्न अनिवार्य Print E-mail
Posted by Administrator   
Friday, 15 October 2010

ताप्लेजुङ : नेपालको प्रशीद्ध तीथस्थल पाथीभरा दर्शन गर्न जाने तीथालुले फूलपाती साथमा जर्किन र बाल्टीमा पानी अनिवार्य बोर्क्नपर्छ ।

फूलपाती विर्सिए बरु देवीलाई ढोगेरमात्र फर्किदा हुन्छ तर जर्किन र बाल्टी बिर्सिए न त तिर्खा लाग्दा घाँटी भिजाउन पाइन्छ न त ढोग गर्ने हात धुन नै । पाथीभरा जाँदा पानी नबोकी जाने यस्तै समस्यामा पर्ने गर्छन । दिसापिसाव गर्दा देवीको दर्शन गर्न नपाइने र तिर्खा लाग्दा घाँटी भिजाउन उस्तै समस्या । पाथीभरामा नै पुगेर बास बस्ने तिर्ीथालुलाई त झन बढी समस्या हुन्छ । पानीको असुविधाकै कारण मन्दिर आसपासमा होटेल लज खोल्न कसैले नसक्दा तीर्थालुले धर्मशालामै बसेर रात कटाउनुपर्छ । जस कारण झोलामा बोकेको खानेकुरालाई तातो पानीमा भिजाएर तीर्थालुले आफ्नो पेट तातो पार्नुपर्ने हुन्छ । समुद्रसतहबाट तीन हजार सात सय १४ मिटर उचाइमा रहेको पाथीभरामा जाडो र चिसो सिरेटोले पनि उत्तिकै सताउँछ । पाथीभरा पुगेपछि अन्य केही नभए पनि पानी तातो पारेर खान तीर्थालु उत्सुक हुन्छन् । यसरी पाथीभरा पुगेदेखि नहिँडुन्जेलसम्म चाहिने पानी तीर्थालुले झन्डै तीन घन्टा तलदेखि बोकेर पाथीभरासम्म लानुपर्छ ।
सदरमुकाम ताप्लेजुङबाट लट्टीको साथमा दिनभरिक उकालो चढदा लखतरान भएका तीर्थालु एक्लो ज्यानलार्य हिँडाउन नसक्ने अवस्थामा पानी बोकेर हिँडनुपर्दा उकालो चढन थप समस्या हने बताउँछन् । अझ बाटोमा लेक लाग्ने समस्याले सताउँदा पाथीभराको यात्रा एकदम कठिन हुनेगरेको भारतको सिक्किमबाट वर्षा एकपटक पाथीभराको दर्शन गर्न आउने अनन्तराम सुवेदी बताउँछन् । हुन त पाथीभरामा पर्यटन वर्ष पूर्वसन्ध्यासँगै विकास निर्माणका काम पनि अहिले तीव्र रुपले अगाडि बढिरहेका छन् । पाथीभरा देवीमन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष डिल्लीजंग मादेकका अनुसार फेदीसम्म मोटरबाटो पुर्याउने पाथीभरा मन्दिरमा पर्खाल निर्माण, भ्युटावरको स्थापना, सग्रहालय, पुष्पालय र प्रवेशद्वारा निर्माण लगायतका काम गुरुयोजनामार्फ अहिले क्रमिक रुपले सञ्चालन भइरहेका छन् । यसबाट पाथीभराले पर्यटन वर्षा धरैभन्दा धेरै पर्यटक भित्रयाउन सक्छ भने अपेक्षा गरिएको छ । पाथीभरामा खानेपानी समस्याका दर्ीघकालीन समाधान गर्नेमा भने कसैले चासो देखाएका छैनन् । वाषिक आन्तरिक तथा बाहय गरी ५० हजारभन्दा बढी प्रर्यटक भित्रयाउने पाथीभरामा खानेपानीको व्यवस्था गर्न कुहिरोबाट पानी निकाल्ने काम पनि भयो तर समस्याको दीर्घकालीन समाधान हुन भने सकिरहेको छैन । पाथी भराजस्तै देखिने डाँडोमा रहेको पाथीभरा आसपासको क्षेत्रमा पानी निकाल्न धेरै विकल्प सोचिए पनि हालसम्म कुनै पनि उपाय प्रभावकारी विकल्प निस्कन नसकेको ताप्लेजुङका मित्रलाल पौडेलले बताए ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ असोज २९, पेज नं. ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image