Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
पानी झरेपछि भोज Print E-mail
Posted by Administrator   
Friday, 15 October 2010

स्याङजा : वर्षौको प्रयासपछि गाउँमा पानीको धारा झारेपछि स्थानीयमा खुसियाली छाएको छ । 'जग्गा बाँझै राखेर एक जनाले हामीलाई पानी खुवाउनुभयो' पकवादी आँचपचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष रामप्रसाद चापागाइले भने 'सबैभन्दा बढी त जग्गा बाँझो राखिराखी पानी खुवाउनेलाई धन्यवाद दिनुपर्छ ।'

आँपचौरका १ सय ३२ घरमा १८ वटा पानीको धारा जडान भएका छन् । सबै धारामा पानी झरेको दिन पाहुनालाई बोलाएर स्थानीयले खुसियालीसमेत साटासाट गरे ।
नजिकै पानीको मूल नभएका कारण यहाँका भुसालखर्क आँपखर्क आँपचौर राना गाउँ सम्पासका बासीन्दा काकाकुल अवस्थामा थिए । उनीहरुलाई छिमेकी गाउँका स्वर्गीय छविलाल खनालले आफ्नो खेत बाँझै राखेर पानीको मूल प्रदान गरेका हुन् । 'हामीलाई अहलेसम्मकै खुसीको क्षण भएको छ' गाउँकै कालीगण्डकी निमाविमा जडान भएको धाराको उदघाटन गर्ने कार्यक्रममा स्थानीय गृहिणी हुमा चापागाईले भनिन 'यस्तो घर नजिकै धारा आउला भन्ने सोचेका थिएनौ । अहिले अचम्मको सपना देखेजस्तो भएको छ । खानेपानी तथा सरसफाई विकास कोष समिति (फान्डबोर्ड) को आर्थिक सहयोग र सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाको सामाजिक परिचालन स्थानीय उभोक्ताको प्रयासमा आँपचौर खानेपानी योजना सम्पन्न भएको हो । पानीका लागि आएको रकम बचाएर खसी काटे पनि ६ महिना श्रम गरेको थकित शरीरलाई केही शान्ति भने मिलेको थियो । 'घर अगाडि धारामा पानी आउँदा त पुरानो दुःख पनि विर्सिन थालियो' स्थानीय प्रेम रानाले भने 'अहिले त अत्यन्तै खुसी लागेको छ ।' पानीको लागि उकालो ओरालो भीरपाखामा गैती र कोदालो बोकेर हिँडेको बताउँदै रानाले भने 'पानीको आशामा थकाई भन्ने कुरा लागेन भन्दा पनि हुन्छ ।' उपभोक्ता समितिका अध्यक्ष चापागाईको अगुवाइमा गाउँले आफ्नो घरको कामसमेत नभनी उत्तरी धारेपानी मूल जाने बाटोमा महिनौ सामाजिक कामका लागि खटेका थिए । 'साहै दुःखले पानी आयो' गाविसका निवर्तमान अध्यक्ष हरि खनालले भने 'यहाँका गाउँलेको वर्षौदेखिको सपना पूरा भएको छ । कतिपयले त यहाँ पानी आउला भन्ने सोचेका समेत थिएनन् ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ असोज २९, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image