|
महानगरका गाडीलाई सञ्चालन अनुमति |
|
|
|
Posted by Administrator
|
|
Thursday, 11 November 2010 |
|
काठमाडौ : चीनले महानगरपालिकालाई प्रदान गरेका १०८ गाडी नेपाल भित्रिएको झण्डै दुई महिनापछि यातायात व्यवस्था विभागले सन्चालन अनुमति दिएको छ ।
गाडी बनाउने कम्पनीको कागजात नपुगेकाले थन्किएका गाडीको प्रदुषण र बनोट मापदण्डसम्बन्धि कागजातको परीक्षणपछि महानगरपानिकाले सञ्चालन अनुमति पाएको हो । 'कम्पनीबाट प्राप्त कागजात अनुसार सबै गाडीले हाम्रो परीक्षण पूरा गरेका छन्' विभागका निमित्त कार्यकारी निर्देशक प्रेमकुमार सिहले नागरिकसँग भने 'अब यातायात व्यवस्था कार्यालयबाट ब्लुबुक र सवारी दर्ता नम्बर लिएर महानगरपालिकाले सबै गाडी सञ्चालनमा ल्याउन सक्छ ।' एक साताअघि इमेलमार्फत प्राप्त डकुमेन्टले मान्यता नपाउने भन्दै दर्ता नभएको महानगरपालिकाले जनाए पनि तिनै डकुमेन्टलाई नै मान्यता दिइएको सिहले बताए । उनका अनुसार विभागले चिनिया कम्पनिबाट प्राप्त 'टाइप एप्रुभल सट्रिफिकेट' र 'कन्फरमिटि अफ प्रोडक्सन सट्रिफिकेट' को परीक्षण गरेको हो । परराष्ट्र मन्त्रीको बेइजीङ भ्रमणका बेला गत बर्ष चीनले गरेको घोषणा अनुसार महानगरलाई फोहोर उठाउने, फाल्ने र एम्बुलेन्स लगाएत १ सय ८ वटा गाडी सहयोग गरेको हो । यस्ता गाडीमा सडकको धुलो सोस्ने भ्याकुम शैलीका दुइ वटा रोड स्विपर पनि छन । अरु ८० वटा फोहोर उठाउने र ११ वटा ल्यान्डफिल साइटसम्म फोहोर ट्रक छन । त्यस्तै गाडी तान्ने दुई वटा रेकर र ५ वटा एम्बुलेन्स छन । 'बिभागको परीक्षण पुरा भएको छ' वातावरण व्यवस्था महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने 'नम्वर र ब्लुबुक लिएर दुई दिनदै नम्बर प्लेट राखेर गाडीहरु सन्चालनमा ल्याउँछौ ।' विभागबाट दर्ता प्रमाण पत्र पाउनुअगावै परिक्षणस्वरुप फोहोर फाल्ने २० भन्दा बढी गाडीहरु मंगलबारदेखि नै सञ्चालनमा ल्याइसकिएको श्रेष्ठले बताए । 'केही गाडी परीक्षणका लागी चलाउन सुरु गरिसकेका छौं' श्रेष्ठले भने 'बिहीबारदेखि एम्बुलेन्सबाहेक आवश्यक सबै गाडी चलाउँछौं ।' स्रोत : नागरिक दैनिक, ०६७ कार्तिक २५, पेज नं ४ |