|
Posted by Administrator
|
|
Friday, 12 November 2010 |
|
काठमाडौं : एसियाली विकास बैंकको तीन सदस्यीय टोली मेलम्ची र काठमाडौ उपत्यका खानेपानी वितरण प्रणाली सुधार आयोजनाको स्थलगत अवलोकन गर्न शुक्रवार नेपाल आउने भएको छ ।
एडीबीका निर्देशक टेरेसा खोको नेतृत्वको टोलीले यी दुवै आयोजनाको समग्र पक्ष अध्ययन र सम्बन्धित अधिकारीहरुसित भेट गर्ने कार्यक्रम रहेको जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका प्रवक्ता कृष्ण आचार्यले दिए । टोलीमा एडीबीका मुरा मोतोर र मनोज शर्मासमेत रहेन छन् । उनका अनुसार टोलीले शनिवार विहान मेलम्ची खानेपानी आयोजनाको मुहान इन्टेकदेखि राजधानीमा पानी ल्याउन टनेल खन्न सुरु गरिएको सुन्दरीजल देखि सिनधुसम्मको स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले दिए । सुन्दरीजलबाट ३ सय ४० मिटर र सिन्धुमा अडिट टनेल ३० मिटरमात्र खन्ने काम सकिएको छ । टोली आयोजनाको टनेल खन्न सुरु गरिने अरु दुई स्थान ग्याल्थुम र अम्बाथानमा समेत पुग्नेछ । ती दुइ स्थानबाट टनेल खन्न सुरु गर्न चिनियाँ ठेकेदारले कामदार राख्ने क्याम्प निर्माण गरिरहेको छ । २००९ फेब्रुअरीमा ठेक्का पाएको चिनियाँ ठेकेदारले मेलम्ची आयोजनाबाट काठमाडौमा पानी ल्याउने २६ किलोमिटर लामो टनेल खन्ने र इन्टेक बनाउने काम २०१३ को सेप्टेम्बरमा सम्पन्न गर्नुपर्नेछ । स्रोत : कान्तिपुर दैनिक, ०६७ कार्तिक २६, पेज नं. २ |