|
हैटीमा हैजा नियन्त्रण गर्न १६ करोड डलर आवश्यक |
|
|
|
Posted by Administrator
|
|
Saturday, 13 November 2010 |
|
राष्ट्रसंघ : राष्ट्रसंघको हैटीमा हैजाको प्रकोपविरुद्ध लडन झन्डै १६ करोड ४० लाख अमेरिकी डलर सहयोग आहवान गरेको छ ।
झन्डै एक महिनादेखि फैलिएको हैजाका कारण हैटीमा अहिलेसम्म ७ सय २४ ले ज्यान गुमाएका छन् । 'सहयोग रकम उपलब्ध नभएसम्म प्रकोप नियन्त्रणबाहिर पुग्नेछ' राष्ट्रसंघीय प्रवक्ता एलिजावेथ वेयर्सले बताइन् । सहयोग रकम चिकित्सक, औषधि रपानी प्रशोधन उपकरणमा प्रयोग गरिने बेयर्सले बताइन् । 'हामीलाई यो रकम छिटोभन्दा छिटो आवश्यक परेको छ' उनले भनिन् । हैटीका १० मध्ये ५ जिल्लामा ११ हजार १ सय २५ जनामा हैजा सक्रमण भएको उनको भनाई छ । गत जनवरीमा आएको भूकम्पबाट विस्थापित ११ लाख ले आश्रय लिईरहेको शिविरमा हैजा फैलिन नदिन सहयोग संस्थाले प्रयास गरीरहेका छन् । स्थास्थ्य मनत्रालयका अनसार २४ घन्टायता ८० भन्दा बढीको मृत्यु भएको छ । राजधानी पोर्ट ओ प्रिन्सका अस्पताल भरिएपछि विरामीको सडकमा उपचार भइरहेको एक स्वास्थ्य संस्थाका प्रमुख स्टेफानो जान्निनीले बताए । 'वास्तवमा उपचार गर्ने ठाउँका अभाव हुनेमा हामी चन्तित भएका छौं' उनले भने । विश्व स्वास्थ्य संगठनका अनुसार यो प्रकोप छिट्टै अन्त्य हुने सम्भावना छैन । पछिल्लोपटक हैजाबाट मृत्यु हुने दर बढेको पनि स्वास्थ्य अधिकारीले बताएका छन् । स्थानीय नदीको प्रदूषित पानीका कारण हैजा फैलिएको अनुमान अधिकारीहरुको छ । स्रोत : कान्तिपुर दैनिक, ०६७ कार्तिक २७, पेज नं. १४ |