|
Posted by Administrator
|
|
Tuesday, 16 November 2010 |
|
म्याग्दी : पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना म्याग्दीले मानिसहरुले पिउने गरेको पानी र नयाँ खानेपानी योजना निर्माणबाट उपलब्ध गराउने पानी गुणस्तरीय बनाउनका लागि म्याग्दीको सदरमुकाम बेनीमा खोनीपानीसम्बन्धी तालिमको आयोजना गरेको छ ।
पछिल्लो समय दूषित पानीका कारण मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको भन्दै ग्रामीण भेगका बासिन्दालाई शुद्ध खानेपानी पिउनका लागि अनुरोध गर्नुपर्नेमा समेत जोड दिएको छ । परियोजनाको पोखरा क्षेत्रीय कार्यालयले स्याङ्जा र म्याग्दीका जिल्ला शिक्षा कार्यालय जिल्ला प्राविधिक कार्यालय पश्चिम नेपाल ग्रामीण खानेपानी परियोजना तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत प्राविधिक ओभरसियर र इन्जिनीयरहरुका लागि आयोजना गरेको खानेपानी सुरक्षा योजना र गुणस्तर परीक्षणबारे पाँचदिने प्रशिक्षण तालिमका क्रममा सहभागीहरुलाई पर्याप्त पानीको सुविधा भएका ठाउँमा थप सचेत हुनुपर्नेमा समेत सहभागीले जोड दिएका थिए । परियोजना लागू भएका जिल्लाका विभिन्न गाविसका उपभोक्ताहरुले पिउने खानेपानीका मुहान बाटो र धारो तथा खानेपानीका अन्य स्रोतहरुमा परीक्षण गरी खानेपानी वितरण गर्नुपर्ने कुरामा समेत सहभागीहरुले जोड दिएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना म्याग्दीका सल्लाहकार चन्द्रभक्त विष्टले जानकारी दिनुभयो । गत बुधबारदेखि शुरु भएको तालिममा स्याङ्जा र म्याग्दीका गरी करिब तीन दर्जन प्राविधिकहरु सहभागी छन् भने तालिमको सहजीकरण दिनेश मानन्धर विमल चन्द्र शर्मा गुनेश्वर महतो पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना म्याग्दीका सल्लाहकार चन्द्रभक्त विष्ट परियोजना पोखराका छवि गौंडेललगायतले सहजीकरण गर्नुभएको छ । स्रोत : नेपाल समाचार पत्र, ०६७ कार्तिक ३०, पेज न ७ |