|
Posted by Administrator
|
|
Tuesday, 16 November 2010 |
|
काठमाडौं : 'सबैका लागि खानेपानी र सरसफाई भन्ने मुल नारकासाथ यस वर्ष विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
स्वास्थ्य, शिक्षा र जनचेतनाको अभावले गर्दा कैयौं मानिस हैजा, झाडापखला र निमोनिया लाग्ने र अकालमा मृत्यु हुने गरेकोकाले तत्काल यस्ता रोगबाट बच्न जनचेतनाको विकास गर्न यस अवसरमा जोड दिइएको छ । विश्व हात धुने दिवसकोअवसर पारेर राष्ट्रिय सूचना तथा सञ्चार केन्द्र, युनिसेफ र वाटर एड नेपालले संयूक्त रुपमा सोमबार आयोजना गरेको कार्याक्रममा शुद्ध खानेपानी र सरसफाईको कमिले गर्दा प्रत्येक वर्ष नेपालमा ७.५ प्रतिशत मानिसको मृत्यु हुने गरेको जानकारी दिइयो । कार्यक्रममा वाटर एड नेपालका संयोजक ओमप्रकाश गौतमले २०१७ सम्ममा सबैका लागि खानेपानी र सरसफाई अभियानलाई साकार पार्न सरकारी तथा गैरसरकारी निकायले प्रतिवद्ध भएर काम गर्नुपर्ने बताउनुभयो । अज्ञानताको कारणले शुद्धसँग हात नधोइ खाना खाँदा बालबालिका सबैभन्दा बढी पीडित हुनेगरेको भन्दै गौतमले अभिभावकहरुलाई जनचेतना फैलाउनसके सरसफाईको कमीबाट लाग्ने रोगबाट बच्न सकिने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक लक्ष्मीनारायण वन, युनिसेफका प्रतिनिधि एन्ड्रेज क्लापलगायतले सरसफाईको कमीबाट हुने रोगबाट बच्न राज्यस्तरबाटै पहल हुनुपर्ने बताउनुभयो । स्रोत : गोरखापत्र दैनिक, ०६७ कार्तिक ३०, पेज नं. ३ |