Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
हात धुने बानी नहुँदाको क्षति Print E-mail
Posted by Administrator   
Tuesday, 16 November 2010

साबुनपानीले हात धोऔ,झाडापखालाबाट बचौँ भन्दै नारा लगाएर र्यालीमा हिंड्ने, पढाउने र हात धुने कार्यक्रममा संलग्नहरू तथा प्रशिक्षकहरू पनि जलपान कार्यक्रममा हातै नधोई नास्ता गरिरहेका देखिन्छन । भन्दैमा सुन्छन्, सुन्दैमा बुझ्छन्, बुझ्दैमा गर्छन् र गर्दैमा पनि सही तरिकाले गर्छन् भन्ने छैन ।

भनाइ र गराइ तालमेल नभए धेरै कुरो फरक पर्न जान्छ । अक्टोवर १५ मा मनाइने यो दिवस यस पटक दसैै तिहारले गर्दा नोभेम्वर १५ मा मनाइयो । सरसफाईसम्बन्धी सामान्य चेतनाको अभाव र यसतर्फ राज्यको उदासीनताले घमासान युद्ध वा ठूलो प्राकृतिक विपत्तिभन्दा बढी क्षति हुँदो रहेछ भन्ने यथार्थको त हामी नै भुक्तभोगी छौं । स्वाइन फ्लु, रुघाखोकी, डेगु, झाडापखाला जस्ता महामारीले ज्यानै लिएका घटना ताजै छन ।यस्ता सबै सङ्क्रमणबाट जोगिन हात धुने बानी बसाल्दा मात्र पनि धेरै प्रभावकारी देखिएको छ । भारतमा पढेलेखेका समुहमा गरिएको एक अध्ययनमा ७० प्रतिशत पढेलेखेकाले त हात धुने सही समय र तरिका जान्दैनन । ८० प्रतिशत स्कुले विद्यार्थीहरूले समेत स्वास्थ्य शिष्टाचारमा ध्यान दिदैनन । ६८ प्रतिशतले जलपान अघि र पछि हात धुदैनन, अझ धेरैले खोक्दा, हाच्छयु गरेपश्चात हात पखाल्दैनन । नेपालमा ३७ प्रतिशत जनताले पानीले मात्र हात पखाल्छन भने १२ प्रतिशतले साबुनपानीले हात धुने गर्दछन तर कतिपटक, कुनबेला र कसरी भन्नेमा चाहिँ थाहा छैन् । चेतना तथा सुविधाको कमी र बानी नभएकाले गर्दा हात धुने मानिसहरूको सङ्ख्यामा कमी भएको पाईन्छ । विश्वमा बढीमा ४५ प्रतिशतले साबुनपानीले हात धुने गर्दछन ।
हातबाट सङ्क्रमण : प्रदूषित वाताबरणवाट हात सङ्क्रमित हुन्छ,सङ्क्रमित हातबाट पैसामा प्रवेश गर्छ,त्यही पैसा अर्को व्यक्तिले ग्रहण गर्दा तेस्रो व्यक्ति हुँदै जतिले पैसा समाउँछन,तिनी सबैमा सर्दछ । त्यसैले मुखमा पैसा च्याप्ने, थुक लगाएर पैसा गन्ने, नाक कोट्याएर पैसा चलाउने, फोहर हातले पैसा गन्ने लगायतको गतिविधि र वातावरणवाट सङ्क्रमित हुन्छ । त्यस्तै विकसित मुलुकमा कागजी नोट र सिक्का समय-समयमा सफा गर्ने, निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्ने चलन छ तर नेपालमा त काम नलाग्ने भएपछि मात्र राष्ट्र बैङ्कले जम्मा गरी डढाँउछ । एक अध्ययनमा सबैभन्दा बढी किटाणु भान्छा कोठामा पाइएको छ । भान्छामा उपयोग गरिने कपडामा ८० प्रतिशत,धाराको टुटीमा ७० प्रतिशतमा जिवाणु पाइएको छ । उल्लेखनीय जिवाणु भेटिएका अन्य सामानमा ल्याण्ड लाइनको फोनका रिसीभर, मोबाइल फोन, कम्प्युटरको किबोर्ड, ढोकाको हृयान्डल र चुकुल पर्दछ । जसमा सङ्क्रमण हुन्छ र अरूलाई सर्न सक्दछ भन्ने जानकारी नभएका थुप्रै पढेलेखेका पनि छन ।
क्षति  नेपाल सरकारले सार्वजनिक गरेको एक अनुमान अनुसार सरसफाइको अभावले मानिस बिरामी भएर उपचारमा हुने खर्च र उत्पादनशीलतामा आउने ह्रासले बर्सेनि देशलाई दश अर्ब रुपियाँ बराबरको घाटा भइरहेको छ । अझ परिवारको सदस्य बिरामी हुँदा र अकालमा मर्दा आफन्तले भोग्नुपर्ने मानसिक तनावलाई कुनै मूल्यमा आँक्नै सकिँदैन । हात नधुँदा हुने सङ्क्रमणको कारण फुड प्वाइजनिङ हुने, पेट दुख्ने, बान्ता हुने,टाउको दुख्ने झाडापखाला, जुका, आउ, आँखा पाक्ने, हैजा, निमोनिया, रुघाखोकी, स्वाइन फ्लु, क्षयरोग, छालाजन्य रोग र ८० प्रतिशतभन्दा बढी मौसमी रोगहरू तथा पेटमा अन्य रोग लाग्न सक्दछ । प्रतिरोधात्मक क्षमता कम भएका तथा दीर्घरोगीमा तुरुन्तै असर देखिनसक्छ । बालबालिका र वृद्धाहरूमा बढी समस्या देखिने सम्भावना हुन्छ । विश्वमा बाषिर्क १५ लाख तथा नेपालमा प्रतिदिन २८ भन्दा बढी ५ बर्षमुनिका बालबालिका झाडापखालाले मर्दछन । नेपालमा बालमृत्युदर उच्च बनाउने प्रमुख कारण झाडापखाला नै हो । झाडापखाला सबैभन्दा बढी खानेपानी, सरसफाइ र हात नधोएर नै हुने गर्दछ । शुध्द खानेपानी र सरसफाईका कारण ८८ प्रतिशत झाडापखाला हुनेगर्दछ ।
मिचीमिची साबुनपानीले हात धुँदा झाडापखाला लाग्ने दर ४५ प्रतिशतले कम हुनजान्छ । साबुनपानीले हात धुने बानी बसाल्दा स्वासप्रश्वासजन्य रोगहरू तथा त्यसबाट हुने मृत्यृ ५० प्रतिशत कम हुन्छ । सुँडेनीले हात धोएर प्रशव गराउँदा १९ प्रतिशत तथा सुत्केरी आमाले साबुनपानीले हात धोएर नवजात शिशुको स्याहार गर्दा ४४ प्रतिशतले नवजात शिशुको मृत्युदरमा कमी आउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सरसफाइ वा हात धुने बानीमा सुधारले झाडापखालाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । त्यसैगरी खानेपानीको गुणस्तरमा सुधारले २५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिन्छ । सरसफाइमा गरिएको एक रुपियाँ लगानीबाट आठ रुपियाँसम्म प्रतिफल पाइने तथ्याङ्क सार्वजनिक गरेको छ । के गर्ने ः खाना पकाउनु अघि, खाना खानु अघि र आˆनो तथा बच्चाको दिसापिसाब धोइसकेपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्दछ । हात धुँदा सम्भव भएसम्म तरल साबुनलाई हत्केलाका हरेक भाग तथा खण्डमा राम्ररी लगाएर नभए बगेको सफा पानीले कम्तीमा २० सेकेन्ड दलेर पानीले राम्ररी पखाल्नुपर्दछ । यदि हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि किटाणु मर्दछन । कम्प्युटर, कीबोर्ड, मोबाइल फोन, फोन रिसीभर आदि दैनिक सङ्क्रमणमुक्त स्पिरिट जस्ता रसायन वा औषधीले पुछ्नुपर्दछ । प्रयोग गरिने कपडा, धाराको टुटी आदि नियमित सफा गर्नुपर्दछ ।
संविधानमा पनि लेख्ने कि : आनन्दसँग जीवन जीउने अधिकारका लागि सुरक्षित तथा स्वच्छ खानेपानी र सरसफाइको अत्यावश्यक भएकाले यसलाई मानवअधिकारका रूपमा घोषणा गरिन्छ भन्दै संयुक्त राष्ट्र संघले सन् २०१० जुलाई २८ मा स्वच्छ खानेपानी तथा सरसफाइ माथिको पहुँचलाई मौलिक अधिकार घोषणा गरेको छ । राष्ट्र संघका अनुसार खानेपानी र सरसफाइसम्बन्धी रोगका कारण प्रत्येक बर्ष ५ बर्षमुनिका करिव १५ लाख बालबालिकाको मृत्यु हुन्छ । विश्वमा २ अर्ब ६० करोड मानिस सरसफाइको सामान्य पहुँचबाट बाहिर रहेको राष्ट्र सङ्घले उल्लेख गरेको छ । सबैलाई सुरक्षित, सफा, सहज तथा पहुँचयुक्त खानेपानी तथा सरसफाइ उपलब्ध गराउने प्रयास तीव्र पार्न अन्तर्राष्ट्रिय समुदायलाई पनि राष्ट्र संघले आग्रह गरेको छ । यसैक्रममा नेपालमा पनि बन्न लागेको संविधानमा मौलिक अधिकारका रूपमा लेखाउन पहल गर्न आवश्यक छ ।
संविधानमा सरसफाइ र खानेपानी मौलिक अधिकारका रूपमा स्थापित हुनेबित्तिकै यस क्षेत्रको कायापलट भइहाल्ने होइन, तर संविधानमा यस विषयले स्थान पाएमा यसले राज्यस्तरको मान्यता पाउनेछ र क्रमैसँग यस क्षेत्रको विकासका लागि दीर्घकालीन कानुन, नीति, नियम र योजना बन्नेछन् । लक्ष्य प्राप्तिका लागि पर्याप्त बजेटको विनियोजन हुनेछ । अभावग्रस्त ठाउँका बासिन्दाले सामान्य उपचार पाए निको हुने झाडापखाला जस्तो बिरामीबाट मर्नुपर्ने छैन । साधैँ यसले सधैं भन्ने गरिएको तर सोच्ने नगरिएको 'नयाँ समृद्ध र सभ्य नेपाल' को निर्माणमा पनि सघाउ पुर्याउनेछ ।
डा. प्रकाश बुढाथोकी
लेखक लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत हुनुहुन्छ ।
स्रोत : गोर्खापत्र दैनिक, ०६७ कार्तिक ३०, पेज न ७

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image