Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
नेपाली सेनामाथि हैटीमा आक्रमण Print E-mail
Posted by Administrator   
Wednesday, 17 November 2010

काठमाडौं : हैजा फैलाएको आरोप लगाँउदै हैटीमा सान्ति स्थापना खटिएका नेपाली सेनामाथि स्थानियले आक्रमण गरेका छन ।

भिडलाई नियन्त्रण लिन शान्ति सेनामा कार्यरत चिलिका सैनिसले गोलि चलाउँदा एक स्थानियको मृत्यु भएको छ । त्यहाँ खटिएका नेपानी सेनाले हैजा फैलाएको भन्दै सोमबार स्थानीयले सेप हैटिएन तथा हिन्चमा प्रदर्शन गरेका थिए । एक महिनाअघि फैलियको हैजाले महामारिको रुप लिदाँ हैटिमा एक हजारको ज्यान गइसकेको छ भने १५ हजार बिरामि भएका छन । राजधानी पोर्ट ओ प्रिन्सबाट उत्तरपूर्वमा पर्ने हिन्च शहरमा रहेको शिविर अगाडि प्रर्दशन गर्दै ढुंगा प्रहार गर्दा शान्ती सेनामा खटिएका ६ जना नेपाली शान्ति सैनिक घाइते भएका थिए । घाइते मध्ये तीन सैनिकलाई शान्ति सेनाको टोलीले हेलिकप्टरबाट राजधानी पोर्ट-ओ-प्रिन्स ल्याइएको नेपाली मिसनका प्रमुख महासेनानी रणेन्द्र खत्रीले बताए । 'घाइते तीन मध्ये नारायणबहादुर राना मगर टाउकोमा ढुंगा लागेर गम्भीर घाइते छन् । उनलाई चिकित्सकले अब्जर्भेसनमा राखेका छन्,' खत्रीले नागरिकसँग फोनमा भने, 'उनको अबस्था खतरामुक्त छ ।'
मुखमा चोट लागेका कृष्णलाल कसाई र खुट्टामा चोट लागेका आदित्यप्रताप सिंहको अवस्था सामान्य छ । तीनै जनाको पोर्ट-ओ-प्रिन्सस्थित युएन लेवल-२ अस्पतालमा उपचार भइरहेको छ । हेन्चस्थित शिविरमा प्रवेश गर्न लागेको प्रदर्शनकारीलाई रोक्न हवाइ फायर गर्नुपरेको महासेनानी खत्रीले बताए। हेन्चस्थित क्षेत्रीय शान्ति सैनिकको शिविरमा सेनानीको नेतृत्वमा करिब २ सय नेपाली सैनिक तैनाथ छन् । प्रदर्शनकारीले ढुंगा, बोतल तथा पेट्रोल बम प्रहार गरेका थिए। प्रर्दशनकारीले केही स्थानमा गोली प्रहार गरेपछि प्रर्दशन हिंसात्मक बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रसंघ मिसनका सुरक्षाकर्मीले आत्मरक्षाका लागी केही स्थानमा फायरिङ गरेका थिए । प्रदर्शनको सुरुवात केप हैटियनमा नेपाल प्रहरिको टोलि छ । नेपालि सैनिक माथि हैटीमा हैजाका जीबाणु फैलिएको भन्ने आरोप सहि नभएको महासेनानि खत्रीले बताए । उनले भने 'राष्ट्रसघ मात्र होइन छिमेकी गणतग्त्र डोमेनिकनले गरेको परीक्षणमा समेत नेपाली सेनाका कारण हैजाको जीबाणु नफैलिएको प्रमाणित भएको छ । नेपालि सैनिक र उनीहरुले प्रयोग गरेको बस्तु, फोहोर, फोहोर फाल्ने स्थानको नमुनामासमेत हैजाको जीवाणु नदेखिएको खत्रीले जनाए ।' स्थानीय सञ्चार माध्यमहरुले मिरावेलेस्थित शिविरमा रहेका नेपाली सैनिकको फोहोर फाल्ने गरेको नदीबाट हैजा फैलिएको भनि गलत शन्देश फैलाएको उनको आरोप छ ।
स्रोत : नागरिक दैनिक, ०६७ मसिर १, पेज न ३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image