हैजाबाट मर्ने एक हजारभन्दा बढी |
|
|
Posted by Administrator
|
Thursday, 18 November 2010 |
पोर्ट ओ प्रिन्स : हैटीमा हैजाबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघीय शान्ति नियोगका सुरक्षाकर्मी विरुद्ध आक्रोश पनि झन झन थपिँदैछ ।
हैटीको उत्तरी सहर क्याप हैटियनमा हजारौं पर््रदर्शनकारी विरोध र झडपमा उत्रिँदा मंगलबार मात्र स्थानीय प्रहरीचौकीमा प्रदर्शनकारीले आगो लगाई ध्वस्त बनाइदिएको र राष्ट्रसंघीय शान्ति नियोग कार्यालयसमेत जलाउने धम्की दिएपछि त्यहाँ व्यापक सुरक्षाकर्मी तैथान गरिएका छन् । थात्रो टायर सडकमा बाल्दा कालो धुवाँको मुस्लोले आकास व्याप्त भएको दृश्य देखिन्थ्यो । सोमबारदेखि चालु हुलदंगामा दुइ प्रदर्शनकारीको ज्यान गएको राष्ट्रिसंघीय शान्ति नियोगका छ सुरक्षाकर्मी घाइते भएका छन् । मंगलबार रातिसम्म हैजाबाट मृत्यु हुनेको संख्या थपिई एक हजार ३४ पुगेको र करिब १७ हजार ब्यक्तिलाई अस्पताल भर्ना गरिएको छ । सन १९६० पछि मुलुकमा महामारीबाट मृत्यु हुनेको सबभन्दा ठूलो संख्या यसैलाई मानिएको छ । स्रोत : गोरखापत्र दैनिक, ०६७ मंसिर २, पेज नं. ११ |