Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
बेवास्ताले जीर्ण बन्दैछ ऐतिहासिक सुन्धारा Print E-mail
Posted by Administrator   
Sunday, 21 November 2010

काठमाडौं : दैनिक हजारौं आम्दानी हुने धरहरा आकर्षक भएपनि छेउकै ऐतिहासिक महत्व बोकेको सुन्धारा जीर्ण बन्दै गएको छ । धरहरा र सुन्धारा व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनी र काठमाडौं महानगरपालिकाले वेवास्ता गरेपछि छ बर्षयता सुकेको यसमा पानी ल्याउने कुनै प्रयास गरिएको छैन।

उल्टो पानी जमेर पोखरी बनेपछि यो महत्वपूर्ण स्थान फोहोरको आहालमा परिणत भएको छ । महानगरपालिकाका तत्कालिन मेयर केशव स्थापितको पालामा यो क्षेत्र व्यवस्थापन गर्न २० बर्षका लागि साइड वाकर्स प्रालिलाई जिम्मा दिइएको हो। धरहरा चढ्ने सर्वसाधारणबाट राम्रो आम्दानी गर्दै आएपनि नजिकैको सुन्धारालाई यो निजी कम्पनीले वेवास्ता गर्दै आएको छ । साइड वाकर्सले आम्दानीको आधार रहेको धरहरामा मात्र आफूलाई केन्द्रित गर्दा यस्तो स्थिति उत्पन्न भएको आरोप महानगरका कर्मचारी लगाउँछन्। 'आफुलाई आम्दानी हुने ठाउँलाई मनपरि प्रयोग गर्ने र आम्दानी नहुने क्षेत्रलाई वेवास्ता भएपछि सुन्धारा जिर्ण भएको छ,' महानगरका एक कर्मचारीले नागरिकसँग भने, 'महानगरका केहि पदाधिकारीको स्वार्थका कारण ठेकेदार कम्पनीले न्युनतम शर्तसमेत पुरा गरेका छैनन्।' उनका अनुसार तत्कालिन मेयर स्थापितको दवावमा उतिखेरै धरहरा व्यवस्थापनको सम्झौता महानगरको हित विपरित गरिएको थियो। जनप्रतिनिधि नभएकै मौका पारेर पछिल्लोसमय ठेकेदारले नियमित रुपमा बुझाउनु पर्ने राजश्व समेत समयमा बुझाउन छाडेको उनले बताए । महानगरपालिका राजश्व महाशाखा प्रमुख नुरनिधि न्यौपानेका अनुसार सम्झौता समयमा साइड वाकर्स प्रालिले महानगरलाई बुझाउनुपर्ने मासिक ६० हजार रुपैयाँ सम्वन्धित वडाको सम्पदा संरक्षणमा जाने गरेर तिर्ने प्रावधान थियो। यसरी महानगरपालिकाको मध्यस्थतामा धरहराले छोएको ११, २२ र २४ वडाका प्रमुखहरु रहेको सम्पदा संरक्षण कोष खडा गरेर लगानी गर्ने व्यवस्था भएकाले त्यसैलाई आधार बनाएर पैसा बुझाउन साइड वाकर्सले आनाकानी गर्दै आएको न्यौपाने बताउछन्। कम्पनीले लामो समय पैसा नबुझाएपछि महानगरपालिकाका सम्पदा महाशाखा प्रमुख संयोजक रहने र वडा सचिवहरु सदस्य रहने गरि कोष स्थापना गरि गत वर्षयता मात्र बक्यौता असुल सुरु गरिएको हो ।
ठेकेदारले बढी आम्दानी गर्न खोज्ने र महानगरले वेवास्ता गरेका कारण सुन्धारा क्षेत्र अपहेलित बन्न पुगेको गुनासो स्थानीयवासीको छ। 'महानगर र ठेकेदार दुवै यस्ता महत्वपूर्ण स्थानको संरक्षण गर्नुभन्दा बढी पैसा असुल गर्न तिर केन्द्रित छन्,' स्थानीयवासी अनिल महर्जनले नागरिकसँग भने, 'सुरुमै यस्ता सम्पदाको संरक्षण गर्ने अनिवार्य प्रावधान सम्झौतामै राख्नु पर्थ्यो ।' अनिलका अनुसार ठेकेदारले चाहने हो भने सुन्धारा पहिलेजस्तै बनाउन मुश्किल छैन। 'धाराको संरचना अहिले पनि जस्ताको त्यस्तै छन्,' उनी भन्छन्, 'धरहराकै आम्दानीबाट कतैदेखि ल्याएर भए पनि त्यहाँ पानी खसाल्न सकिन्छ ।' साइड वाकर्सले भने महानगरपालिकाले नै सम्झौता पालना नगरेको दोष दिदै आएको छ। 'धारामा पानी खसाल्ने कुरा सम्झौतामा कतै उल्लेख छैन,' साइड वाकर्सका प्रतिनिधी सन्जिव तुलाधर भन्छन्, 'सहमति चाहिँ भएको हो । तर, त्यसका निम्ति महानगरपालिकाले नै पहल गर्नुपर्छ।' महानगरपालिकाले पानी र निकासको व्यवस्था गरिदिएमा आफूहरुले त्यसको मर्मत सम्भार र संरक्षण गर्ने सन्जिवले प्रष्ट पारे ।
श्रोतको अभावले गर्दा त्यहाँ ढलको निकास र धारा ब्यूँताउन नसकिएको महानगरपालिका बताउँछ । सम्पदा महाशाखाका प्रमुख इन्द्रमान सिंह सुवालका अनुसार जमिनको सतहबाट करिव ३० फिट गहिराइमा रहेको सुन्धारा र पोखरीमा जम्मा हुने पानी निकास गर्ने करिव ४० मिटर ढलमा समस्या देखिएको छ । 'सुन्धारा नजिकै काठमाडौं मलको भवन बनेयता त्यहाँ पानी आउन बन्द भएको हो,' सुवालले नागरिकसँग भने, 'यसलाई फेरि पुरानै रुपमा फर्काउने चाहना हाम्रो पनि छ ।'
स्रोत : नागरिक देनिक, ०६७ मंसिर ५, पेज नं ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image