Posted by Administrator
|
Sunday, 21 November 2010 |
काठमाडौ : राजधानीमा देखिएको खानेपानीको समस्या क मगर्न बजेटमा प्राथमिकता दिँदै सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरिने भएको छ ।
खानेपानी प्रशोधन र मेलम्ची खानेपानी आयोजनाको आठ किलोमिटर सुरुङ निर्माण र लामडाँडा प्रबेश मार्ग बनाउन २ अर्ब १७ करोड रकम छुटयाइएको छ । आकाशे पानी संकलन गरी प्रयोगमा ल्याउने कार्यलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । भक्तपुरको खानेपानी समस्या समाधान गर्न विशेष जोड दिइने उल्लेख छ । नेपालभरिको नदी किनारका दायाँ बायाँ कुनै पनि व्यक्तिगत निर्माण कार्य गर्न रोक लगाइने बजेटमा छ । नवलपरासी लगायत तराइका जिल्लाहरुमा आर्सेनिकमुक्त पिउने पानीको आपूर्ति गरिने बजेटमा प्राथमिकता दिईएको छ । सेती र महाकाली अञ्चलका सबै जिल्ला, कर्णाली अञ्चलको हुम्ला र भेरी अञ्चलको दैलेख जिल्लामा खानेपानी, सुलभ चर्पी एवं सरसफाई, सिँचाई र लघुजलविद्युत उत्पादनका लागि 'ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना' सञ्चालन गरिने बजेटमा छ । स्रोत : नागरिक दैनिक, ०६७ मंसिर ५, पेज नं. ख |