Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
डस्टविन यहाँ फोहोर फाल्न मनाही छ Print E-mail
Posted by Administrator   
Sunday, 21 November 2010

चीनले नेपाललाई चार हजारवटा फोहोर फाल्ने भाँडो अर्थात डस्टविन लिएछ । ति डस्टविन काठमाडौ महानगरपालिकाका सडकमा राख्ने रे ! हरेक राम्रो कामको नराम्रो पक्ष छ । जस्तो कि महानगरका सडकसडकमा डस्टविन राखे पनि त्यसमा फोहोर कसले फाल्ने ? जसरी चीनले डस्टविन उपहार दियो त्यसैगरी स्वयंसेवक कामदार पनि उपहार दिनुपर्यो ।

ती कामदारले बटुवाको हातबाट फोहार लिएर डसटविनभित्र हालिदिनेछन् । हामी नेपाली पो हो त, डस्टविनसम्म गएर डस्टविनभित्र फोहोर राख्न हामीलार्य सुहाउँछ - हाम्ले डसटविनभित्र होइन त्यसको वरिपरि भुइँमा फोहोर फाल्ने गरेका छौं । हाम्रो यो बानीलाई ध्यानमा राखेर चीनले हाम्लाई यस्ता कामदार पनि दिनुपर्यो जसले वरिपरिको फोहोर उठाएर डस्टविनभित्र राखिदिउन् । हाम्लाई यति सहयोगले पुग्छ त ? पुग्दैन । हुन त सबै मानिसले डस्टविन वरिपरि फोहोर फाल्ने असभ्य व्यवहार गर्दैनन् कतिपय सभ्य मानीसले डस्टविनभित्रै फोहोर फाल्छन् । डसटविन दिने मुलुकले त्यस्ता मानिसको नाक थुन्न मासक दिएको खोई ? किनभने डस्टविनमा फोहोर भरिएर छताछुल्ल र दुर्गन्धित हुँदा पनि महानगरपालिकाले फोहोर उठाउँदैन । अनि दुर्गन्धले डस्टविन छेउ पुग्न मुस्किल पर्छ । मास्कको समेत व्यवस्था गरियो भने मात्र डस्टविन प्रभावकारी हुन्छ । अँ त्यस्तो मास्क पनि हाम्लाई डस्टविन दिनेले नै दिनुपर्छ त्यो पनि फोकटमा ! यति भएपछि हाम्रो काठमाडौ महानगरपालिका सफा नहोला त ?
काठमाडौ महानगरवासीले खप्पराँ त लेखेरै ल्याका रै छौ । किनभने हाम्लाई चार हजारवटा डस्टविन फोकटमा जो मिलेको छ दाता मुलुकलाई मुरीमुरी धन्यवाद छ । यस्तो निःशुल्कको धन्यवाद हामी दिइरहनेछौ, धन्यवाद दिनलाई कञ्जुस्याइँ गर्दैनौ तर दाताले पनि डस्टविन निरन्तर दिन कञ्जुस्याई गर्न भएन । यो चार हजार डस्टविन त हाम्रा लागि हात्तीको मुखमा जीरा भनेजस्तो मात्र हुन्छ । चार हजार डस्टविन हाम्ले केही महिनामै खपत गरिसक्नेछौ । महानगरको सडकमा डस्टविन राख्नासाथ केही डस्टविन चोरी हुनेछ भने केहीचाहिँ तोडफोड हुनेछ । हिउँद भनेको हाम्रा लागि आन्दोलनको याम हो । यो याममा आन्दोलनकारीले डस्टविनको पर्याप्त खपत गर्ने सम्भावना  देखिन्छ । अनि केही डस्टविनचाहि सम्बन्धित नियकायमै मर्न सक्छ । डस्टविन पनि मर्छ र ! जसरी दसैमा साद्य संस्थानमा सयौ खसीबोका 'मरेका' थिए त्यसैगरी डस्टविन पनि मरेर हाकिमहरुको घरघरमा पुग्न सक्छ । यसरी डस्टविनको व्यापक खपत हुने सम्भावनालाई ध्यानमा राखेर दाता मुलुकले हामलाई फोकटमा निरन्तर डस्टविन उपलब्ध गराइरहनुपर्यो । हुन त महानगरले यी चार हजार डस्टविन सार्वजनिक थलोमा लगाउन वर्षौ नलगाउला भन्न सकिन्न । अँ दाता मुलुकले अर्को एउटा सानो सहयोग पनि गरिदिनुपर्यो त्यो के भने नि, डस्टविनको भित्रपट्टी 'यसमा फोहोर हाल्न मनाही छ' लेखिदिनुपर्यो । त्यसो गर्ने हो भने हाम्ले डस्टविनभित्रै फोहोर फाल्न थाल्नेछौ । यो अनौठो कामको अर्थ दाता मुलुकले बुभ्दैन होला तर हाम्ले त बुझेका छौं नि होइन त ?
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर ५, पेज नं ६

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image