खानेपानीको योजनाले गाउँले हर्षित |
|
|
Posted by Administrator
|
Monday, 22 November 2010 |
महोत्तरी : वर्षौदेखि खानेपानीको समस्या खेप्दै आएका जिल्लाको किसान नगर गाविसका बासिन्दाले अब खानेपानी समस्याबाट केही राहत पाउने भएका छन् ।
आफ्नो वस्तीमा खानेपानीको समुचित प्रबन्ध नहुँदा वर्षौदेखि दूषित पानी खान बाध्य सो गाविसको कृष्णपुर र फूलबारी टोलका बासिन्दाहरले आफ्नै वस्तीमा खानेपानी योजनाको काम शुरु भएपछि राहत पाउने आस पलाएको बताएका छन् । सो गाविसको वडा नं. ६, ७, ८ र ९ नम्बर वडामा पर्ने ती बस्तीमा रतौली युवा क्लबले ग्रामीण विकास कोषको आर्थिक सहयोगमा ४० वटा खानेपानी इनार र तीन वटा सार्वजनिक शौचालय निर्माणको काम शुरु गरेपछि अबचाँही खानेपानी पाइन्छ कि भन्ने आश पलाएको फूलबारी टोलका रामबाबु न्यौपानेले बताउनुभयो । सो बस्तीका ७ सय ३३ घरधुरीमा रहेका ३ हजार ५ सय जनसंख्याका लागि कोषको १ करोड १२ लाख ४६ हजार १ सय ८९ आर्थिक सहयोगमा ४० वटा खानेपानी प्रयोजनका इनार तीन वटा सार्वजनिक शौचालयको निर्माण कार्य शनिवारदेखि नै शुरु भइसकेको रतौती युवा स्लबले जनाएको छ । ती वस्तीका ७ सय ३३ परिवारलाई घरैपिच्छे छुट्टाछुट्टै चर्पीसमेत निर्माण गरिने आफ्नो क्लबको लक्ष्य रहेको क्लबका अध्यक्ष बैद्यनाथ चौधरीले जानकारी दिनुभयो । शनिवार एक समारोहबीच सो योजनाको निर्माण कार्य शुरुआत भएपछि वस्तीका वासिन्दाहरु खानेपानी सहजै उपलब्ध हुने कुराले खुशी देखिएका छन् । स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ मंसिर ६, पेज नं. ७ |