Posted by Administrator
|
Monday, 22 November 2010 |
गोरखा : नगरपालिकाले सदरमुकामको फोहोर उठाउन नसक्दा गोर्खा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । नगरपालिकाले दैनिक एक टयाक्टर मात्र फोहोर उठाउँदा मुखय बजार क्षेत्रको छेउछाउमा समेत फोहोर थुप्रिने गरेका छन् ।
फोहोर उठाउने टयाक्टर एउटा मात्र भएकाले सबै फोहोर उठाउन नसकेको नगरपालिकाले जनाएको छ । सहरीकरण बढेसँगै फोहोर धेरै भएको र उठाउने सवारीसाधन नहुँदा सबै फोहोरहरु उठाउन नसकेको कार्यकारी अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए । एउटा मात्र टयाक्टरले दिनभरमा एक पटक मात्र फोहोर उठाउन सक्ने भएलो चाहेर पनि सबै फोहोर उठाउन नसकेको नगरपालिका कार्यालयले जनाएको छ । नगर क्षेत्रमा दैनिक तीन मेट्रिक टन फोहोर जम्मा हुने तर दुइ मेट्रिक टनभन्दा उठाउन नसकिएको नगरपालिका कर्मचारीहरुले बताए । २०६४ सालमा दुर्घटनामा फोहोर उठाउने भ्याकुम गाडी विग्रेपछि नगरपालिकाले टयाक्टरमार्फत फोहोर उठाउन थालेको हो । भ्याकुममा तीन टयाक्टरसम्म फोहोर अटने हुँदा पहिले सजिलै फोहोर व्यवस्थापन हुने गरेको थियो । मर्मतका लागि पोखराबाट प्राविधिक बोलाएको र चाँडै मर्मत गरी सञ्चालनको तयारी भएको कार्यकारी अधिकृत पौडेलले बताए । यसैबीच चालू आर्थिक वर्षो पहिलो चौमासिकको सामाजिक सुरक्षाको भत्ता वितरण सुरु भएको छ । जिल्लाको ६६ गाविस र एक नगरापालिकामा जेष्ठ नागरिक, एकल महिला, अपाँग र लोपोन्मुख आदिवासीका लागि सरकारले दिने समाजिक सुरक्षाको भत्ता वितरण सुरु भएको जिल्ला विकास समितिले जनाएको छ । सामाजिक सुरक्षाको भत्ता सम्बन्धित गाविसको खातामा पठाइसकेको र कतिपय गाविसले वितरण गर्न थालेको गाविसका लेखा अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । स्रोत : राजधानी दैनिक, ०६७ मंसिर ६, पेज नं. ४ |