Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
एक हजार माओवादी कार्यकर्ता बिरामी Print E-mail
Posted by Administrator   
Tuesday, 23 November 2010

प्रदूषित खानेपानी र खाना मुख्य कारण
गोरखा : गोरखामा जारी विस्तारीत बैठकमा सहभागी एकीकृत माओवादीका एक हजार कार्यकर्ता बिरामी परेका छन् । बैठक सुरु हुनु भन्दा एक दिन अघिदेखि पालुङटारमा आएका कार्यकर्तामध्य हालसम्म एक हजारभन्दा बढी विभिन्न स्वास्थ्य समस्या देखिएपछि उपचार गरिएको छ ।

आइतवारसम्म ७५० र सोमबार विहानसम्म तीन सयभन्दा बढीले स्वास्थ्य उपचार गराएको स्वास्थ्य प्रशिक्षण केन्द्रको तथ्याङ्कले देखाएको छ । ती मध्ये छ जनालाई जिल्ला आयुर्वेद औषधालय पालुङटारमा भर्ना गरिएको छ । विरामी भएकामध्ये अधिकाँश झाडापखलाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका स्वास्थ्यकर्मी इश्वर रेग्मीले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणका क्रममा हालसम्म एक सयभन्दा बढी विरामी फेला परेको उहाँले बताउनुभयो । हिजो मात्र करिब २० जनामा झाडापखलाको समस्या देखिएको उहाँको भनाई छ । दुषित पानी र खानाका कारण विरामी बढेको हुनुसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । खानेपानी भण्डारणको ठाउँ फोहोर रहेको र खानमा पिरो र चिल्लो बढी भएको सहभागीहरुले बताएका छन् । बैठकस्तरमा देखिएको स्वास्थ्य समस्या पत्ता लगाउन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघले सोमबारदेखि अनुगमन सुरु गर्न लागेको छ । झाडापखला र अन्य स्वास्थ्य समस्या देखिनुको कारण पत्ता लगाउने र समस्या निराकारणका लागि सुझाव दिने संघको जिल्ला अध्यक्ष रोहित लामिछानेले बताउनुभयो । अधिकाँशले खानका कारण भएको भनेकाले क्याटरिङ सञ्चालकलाई सुझाव दिइसकेको उहाँले बताउनुभयो ।
झाडापखलाका बाहेक श्वासप्रश्वास र चिसोका विरामीहरु छन् । आकस्मिक रुपमा अन्य विरामीहरु पनि देखिएका छन् । बैठकस्थलमा अत्यधिक धुलो र पानी पनि सपा नभएकलो विरामीहरु बढेका हुन् । विरामीहरुका लागि बैठकस्थल भित्र डाक्टर सहितको स्वास्थ्यकर्मी उपचारमा छन भने बैठकस्थल बाहिर सञ्चार केन्दैसँगै रहेको स्वास्थ्य पोष्टमा पनि उपचारको व्यवस्था गरिएको छ । आकस्मिक उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयको एम्बुलेन्स पालुङटारमा नै राखिएको छ । बैठकस्तलका विरामीलाई आकस्मिक उपचारपछि थप उपचारको आवश्यकता परेमा ठाँटीपोखरी स्थित आयुर्वेदिक भवनमा शैया राखिएको छ । उनीहरुलाई विशेषज डाक्टरहरुले नै उपचार दिने व्यवस्था गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएकवो छ । हाल गोरखाबाट जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीसहित तीन जना डाक्टर पालुङटारमा नै रहेका छन् । गोरखाबाट १८ र तमुवानका अन्य जिल्लाका गरी कुल ६० जना स्वास्थ्यकर्मी बैठकस्थलमा खटिएका छन् । उनीहरुले पालो मिलाएर दिनमा तीन सफटमा उपचार दिइरहेका छन् । यसैबीच सयौंको संख्यामा सहभागी विरामी परेको समाचार प्रकाशनमा आए पनि उपचारमा संलग्न चिकित्सकले भने त्यसको खण्डन गरेका छन् । ठूलो कार्यक्रम भएकोले सामान्य विरामी पर्नु स्वभाविक भएको र यसअघि विरामी भएकाहरु उपचारपछि स्वास्थ्य भइसकेको चिकित्सक डा. गुणराज लोहनीले जानकारी दिनुभयो ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ मंसिर ७, पेज नं. १३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image