Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
दलित वस्तीमा एउटा मात्र चर्पी Print E-mail
Posted by Administrator   
Tuesday, 23 November 2010

पर्वत : जिल्लामा घरघमा चर्पी बनाउने अभियान चलेको वर्षौ भैसक्यो । तर यहाँको एक दलित वस्तीमा भने अहिले सम्म पनि चर्पी बन्न सकेको छैन । सिँगो दलित वस्तीमा एक घरमा मात्र चर्पी छ ।

सदरमुकाम कुस्माबजार सँगै जोडिएको कटुवालचौपारी गाविस ४ को दलित वस्तीमा एउटा मात्र शौचालय रहेको छ । सिँगो बस्तीमा शौचलाय बनाउने एक मात्र बासिन्दा स्थानीय जुठे दर्जी रहेका छन् । शौचालय बनाउने जग्गाको अभावमा स्थानीयवासीहरुले शौचालय बनाउन नसकेका हुन् । 'चर्पी बनाउन जग्गा समेत नपाएपछि खोलामा दिशा पिशाव गर्न बाध्य छौ' स्थानीय ६५ वषिर्य विके दर्जीले बताए । वृद्ध दर्जीका अनुसार अहिले उक्त वडामा बस्दै आएको ४५ घर दलितको घडेरी बाहेक एक आना जग्गा समेत नभएकालेले शौचालय बनाउन नपाएका हुन् । एक आना सम्म पनि जग्गा नभएका दलितलाई दैनिक जीवन गर्जान पनि समस्या भएकाले शौचालय बनाउन खर्चको समेत अभाव भएको उनले बताए ।
बसाई सरेर यहाँका दलित परिवारले गाउँका ठुलावडाले दिएको कृपाको जग्गामा घर बनाएका हुन् । 'खेती गरेर खाने त एक टुक्रा पनि छैन' दर्जीले भने । गाउँमा चार जना दलितको घडेरी समेत छैन । उनीहरुले साहुकै जग्गामा घर बनाएका छन तर लालपुर्जा विना नै । दर्जीका अनुसार नरबहादुर दर्जी, शानतबहादुर दर्जी कमलबहादुर दर्जी र नाम थाहा नभएको चोरकाटे साहिलो समेतको घडेरी नभएको हो । दलितहरुका समस्याका बारेमा अहिले सम्म जिम्मेवार निकायले वास्ता नगरेको गुनासो उनीहरुको छ । जिल्ला स्वास्थ्य कार्यालय लगायत विभिन्न संघ संस्थाले उक्त स्थानमा शौचालय बनाउन सहयोग गर्ने आश्वासन दिएपनि अहिले सम्म सहयोग नगरेको गुनासो स्थानीय वासीले गुनासो गरे । गरिव भएकाले विहान बेलुकी खान समेत पुग्दैन त्यस्तो अवस्थामा कसरी शौचलाय बनाउने २७ वषिर्य जानुकी दर्जीले भनिन् । खुला ठाउँमा दिशापिसाव गर्दा विभिन्न रोग लाग्न सक्ने खतराको बारेमा केही नवुझेका दलित वस्तीमा कक्षा पाँच भन्दा माथि पढेका वासिन्दा समेत कोही नभएकाले गाउँमा स्वास्थ्यको बारेमा वताइदिने कोही नभएको स्थानीय राजवावु पौडेलले भने । त्यतिठूलो गाउँमा एउटा मत्र शौचालय रहेछ माओवादीका जिल्ला जनसरकार उपप्रमुख विष्णुलामिछानेले भने उनीहरुको हितको लागि केही प्रयास गर्ने सोच आएको छ ।
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ मंसिर ७, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image