खानेपानी उपभोक्ता समितिको कागजात प्रशासनमा |
|
|
Posted by Administrator
|
Thursday, 25 November 2010 |
सिन्धुपाल्चोक : भ्रष्टाचारको आरोपमा पाँच राजनीतिक दलका प्रतिनिधिले उजुरी दिएपछि जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता समितिको सम्पूर्ण कागजपत्र प्रशासनले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा मालेका प्रतिनिधिले उपभोक्ता समितिले धारा वितरण, पानी आपूर्ति र कर्मचारी भर्तीका क्रममा अनियमिता गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रशासनले बुधबार सम्पूर्ण कागजपत्र झिकाई छानविन सुरु गरेको हो । प्रशासनले समितिको नाममा नेपाल बैंक लिमिटेड चौतारामा रहेको खातासमेत रोक्का गरेको छ । सदरमुकाम चौतारासहित स्याउले, पीपलडाँडा र सानुसिरुवारीमा खानेपानी आपूर्ति गर्दै आएको समितिका अध्यक्ष ज्ञानेन्द्र कक्षपतीले आफूखुसी निर्ण्रयबाट अनियमितता गरेको दलका प्रतिनिधिको आरोप छ । आवश्यक्ताका आधारमा भन्दा पनि पैसा खाएर धारा वितरण गर्ने गरिएको उजुरीमा उल्लेख छ । अध्यक्ष ज्ञानेन्द्रसँग यस सम्वन्धमा जानकारी लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर ९, पेज नं १० |