Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
सहभागीको पिसाबबाट प्रांगारिक मल बनाउने तयारी Print E-mail
Posted by Administrator   
Thursday, 25 November 2010

पालुङटार : चितवनको चुम्लिङटारस्थित इको सान रिसोर्स सेन्टरले एकीकृत नेकपा माओवादीको छैठौ विस्तारित बैठक स्थलबाट पिसाव संकलन गरेको छ ।

संकलित पिसावबाट प्रांगारिक मल तयार गरिने उक्त रिसोर्स सेन्टरका कार्यक्रम संयोजक वीरेन्द्रप्रकाश पोखरेलले बताए । विस्तारित बैठक कक्ष नजिकै र बाहिर दुइ ठाउँमा ग्यालन राखेर पिसाव संकलन गरिएको जानकारी उनले दिए । शौचालयमा रार्खिको ग्यालनमाथि सोली र त्यसभित्र टेबुलटेनिसको बल राखिएको छ । पिसाव फेर्दा बल उचालिएर पिसाव ग्यालनमा खस्ने र नाइट्रोजन ग्यास बाहिर जानबाट बलले रोक्ने पोखरेलले बताए । पिसावबाट भरिएको ग्यालनलाई एक महिना बन्द गरेर राखेपछि किटाणुरहित प्रांगारिक मल उत्पादन हुने स्रोत केन्द्रले जनाएको छ । विस्तारित बैठकमा मुलुकभरबाट सहभागी हुन आएकाको पिसाव प्रांगारिक मल उत्पादन गर्न मिल्दछ भन्ने सन्देश सबै ठाउँमा पुगोस भन्ने उद्देश्यले शौचालय बनाएर पिसाव संकलन गरिएको पोखरेलले बताए ।
एकीकृत माओवादी तनहुँका जिल्ला इन्चार्ज एवं बैठक अनुगमन तथा निरीक्षण समितिका सदस्य हरिबहादुर चुमानले उक्त शौचालयले ठूलो राहत मिलेको बताए । दुइ सय ग्यालन पिसाव संकलन भइसकेको र थप ग्यालनको माग भएको पोखरेलले बताए । स्रोत केन्द्रले पिसाव गर्नेलाई एक रुपैयाँ प्रदान गर्दै आएको छ । बैठक स्थलमा 'पिसावको मल प्रयोग गरौं वाषिर्क तीन अर्ब बचाऔं' भन्ने मूलनारा लेखिएको व्यानरसमेत टासिएको छ । एक अध्ययनका अनुसार एकजना मानिसको एक वर्षको पिसावबाट चार केजी नाइट्रोजन, तीन सय ८८ ग्राम फस्फोरस र चार सय सात ग्राम पोटास प्राप्त हुन्छ ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर ९, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image