Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
पिसाबबाट १६ केजी नाइट्रोजन मल Print E-mail
Posted by Administrator   
Friday, 26 November 2010

गोरखा : एकीकृत नेकपा (माओवादी)को छैटौँ विस्तारित बैठकमा भेला भएका नेता तथा कार्यकर्ताले चार दिनदेखि वैचारिक छलफललाई निरन्तरतामात्र दिएका छैनन्, चार रोपनी जग्गालाई पुग्ने पिसाब मलसमेत उत्पादन गरेका छन् ।

बैठकस्थलमा उपस्थित करिब ६ हजार नेता तथा कार्यकर्ताले शौचालयमा रहेका तीन सयवटा प्लास्टिकको जर्किनमा पिसाब गर्दा चार दिनमा करिब दुई हजार लिटर पिसाब सङ्कलन भएको छ । सो पिसाबबाट चार रोपनी जग्गालाई भर्षभरि पुग्ने मल निर्माण हुने पिसाव सङ्कलन अभियानमा लागेका सेवा नेपालका प्रबन्धक श्रीरेन्द्र पोखरेलले जानकारी दिनुभयो । सङ्कलित पिसाबबाट १६ केजी नाइट्रोजन निकाल्न सकिने उहााले बताउनुभयो । सङ्कलित पिसाब एक महिनासम्म बोतलमा बिर्को लगाएर राखिएपछि आफै उपयोगी मलमा परिवर्तन हुने पोखरेलले बताउनुभयो । चितवनको दारेचोकमा पिसाब गर्नेलाई एक रुपैयाँ दिएर पिसाब सङ्कलन अभियानमा लागेको सेवा नेपालले यस्तो माध्यमबाट उत्पादित मलबाट दारेचोकमै जग्गा लिएर बेमौसमी तरकारीखेती गरिरहेको छ । हाल प्रयोगका लागि मात्र अभ्यास गरिएको अभियानले यो सफल भएमा व्यावसायिक उत्पादन सुरु गर्ने जनाएको छ । दस कट्ठा जमिनमा व्यावसायिक खेती सुरु गर्न लागेको जानकारी दिँदै पोखरेलले अहिलेसम्म यति धेरै पिसाब सङ्कलन नगरेको बताउनुभयो । पोखरेलका अनुसार यसरी धेरै मात्रामा सङ्कलन गरिएको पिसाबलाई तरल मलकै रूपमा प्रयोग गरिन्छ ।
नेपालले बर्सेनि करिब तीन अर्ब रुपैयाँको रासायनिक मल विदेशबाट किन्ने गर्छ । यो प्रविधि सजिलो पनि भएकाले सबैले अभियानकै रूपमा प्रयोग गरेमा मलको नाममा बाहिरिने करोडौँ रुपैयाँ बचाउन सकिने पोखरलेको दाबी छ । पोखरेलका अनुसार पिसाब सङ्कलित भाँडोलाई बिर्को बन्द गरेर एक महिनासम्म राखे त्यो आफै मलको रूपमा प्रयोग योग्य हुन्छ । उनका अनुसार एकजना व्यक्तिले वर्षभरिमा एक रोपनी जग्गालाई पुग्ने मल उत्पादन गर्नसक्छ । एक रोपनी जग्गामा राम्रो उत्पादन भए एकजना ब्यक्तिलाई वर्षभरि उपयोग गर्न पुग्ने खाद्यपदार्थ उत्पादन हुन्छ । त्यत्तिकै खेर जाने पिसाबलाई मलको रूपमा प्रयोग गर्ने कि ?
स्रोत : गोर्खापत्र दैनिक, ०६७ मंसिर १०, पेज नं १

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image