Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
जमिनमुनिको पानी सुक्न थाल्यो, पानीको हाहाकार हुने सङ्केत Print E-mail
Posted by Administrator   
Friday, 26 November 2010

रौतहट : प्राकृतिक सम्पदाको विनाशसागै रौतहटका कतिपय स्थानमा केही वर्ष यता जमिनमुनिको सुक्दै गएकाले यी क्षेत्रमा निकट भविष्यमै सिंचाइ र पिउने पानीको हाहाकार पर्ने विज्ञहरूको भनाइ छ ।

समयमा प्रशस्त पानी नपर्नु, वन सम्पदाको विनाश हुनु, नदी छेउका ढुङ्गा, बालुवा, गिट्टी अनियन्त्रित रूपले उत्खनन् गर्दै जानुले र पानीको मुहान नजिक अव्यवस्थित तवरले बस्ती बस्नाले भूमिगत पानी सुक्दै गएको हो । जिल्लाको उत्तरी क्षेत्र विशेषगरी चुरे पर्वतको फेदीका पौराई, जुडिवेला र चन्द्रनिगाहपुर गाउँ विकास समितिको गैडाटार, भोलनटार लगाएतका गाउँमा जमिनमुनिबाट पानी निकालेर पिउन र सिंचाइ गर्न मुस्किल परेको स्थानीयबासी बताउँछन् । भएको ट्युबेल र सिंचाइका लागि बनाइएको बोरिङ्मा समेत पानी सुक्दै गएको छ ।
दशक अघि जहाँ खन्दा पनि पानी निस्कने स्थानहरूमा अहिले ४०/५० फिट पाइप धसाउँदा पनि पानी निकाल्न मुस्किल परेको पौराइका लक्ष्मण न्यौपानेले बताउनुभयो । केही महिना अघि नेपाल सरकारको सहयोगमा जुडिबेला गाविसमा सिंचाइका लागि डिप बोरिङ गर्दासमेत पानी निकाल्न नसकिएको स्थानीयवासी बताउँछन् । उक्त गाविसको जमिनमा सिंचाइका लागि अकासको मुख ताक्नुपर्ने अवस्था रहेको छ । लामो समयदेखि जिल्लाको पवित्र तिर्थस्थल पौराई ब्रम्हबाबाको मन्दिर परिसरमा रहेको ट्युबेल सुक्नाले भक्तालुजन समेत मर्कामा परेका छन् । गत वर्षको चैत वैशाखमा चन्द्रनिगाहपुर गाविसका केही स्थानमा समेत ट्युबेलको पानी सुक्नाले स्थानीयवासीले समस्या भोग्नुपरेको थियो । वन विनाशकै कारण चन्द्रनिगाहपुर रेन्जपोस्ट अन्तर्गत जङ्गलको मध्य भागको आमुखोला, डाबरी र सत्यारी मा भएको पानीको मुहान सुक्दै गएकोले चरनका लागि जङ्गल लैजाने घर पालुवा जनावर र जङ्गली जनावरका लागि समेत पानीको अभाव बढ्दै गएको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
जिल्ला खाने पानी कार्यालय, खाने पानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर मुस्ताख आलमले वन सम्पदाको विनाश र नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन् कार्यले गर्दा पनि भूमिगत पानीको सतह सुक्दै गएकाले सहजरूपमा भूमिगत पानी उपलब्ध हुन नसकेको बताउनुभयो । यो क्रम निरन्तर चल्दै जाने र पाकृतिक सम्पदाको संरक्षण गर्न सकिएन भने निकट भविष्यमै जिल्लाको उत्तरी क्षेत्र विशेष गरी चुरे पर्वतको आसपासमा रहेका गाविसहरूमा पानीको हाहाकार हुनसक्ने उहाँको धारणा छ ।
स्रोत : गोर्खापत्र दैनिक, ०६७ मंसिर १०, पेज नं १२

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image