Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
नालामा फोहोर प्रशोधन केन्द्र Print E-mail
Posted by Administrator   
Friday, 26 November 2010

काभ्रे : काभ्रेको ऐतिहासिक क्षेत्रका रुपमा लिइने काभ्रेको उग्रचण्डी नालामा पोहोर प्रशोधन केन्द्र निर्माण सुरु गरिएको छ । यूएन हृयाविटाट नेपाल र एवाक स्विटजरल्यान्डको आर्थिक सहयोग तथा एकीकृत सहरी विकास केन्द्रको सहयोगमा नाला एकीकृत विकास समितिले उग्रचण्डी नाला ३ मा प्रशोधन केन्द्र सुरु गरेको हो ।

उग्रचण्डी नाला गाविस १, २ ३ र ४ का सम्पूर्ण घरधुरीको ढलबाट संकलित दिसाजन्य फोहोरलाई एकीकृत रुपमा प्रशोधन केन्द्रमा पुर्याई प्रशोधन गरिन लागको हो । फोहोरलाई मोहोर बनाउने अभियानका साथ घरधुरी केन्द्रीत वातावरणीय अर्न्तर्गत टि्रटमेन्ट प्लान्ट प्रविधिद्वारा बनाउन लागिएको केन्द्रमा संकलित दिसाजन्य फोहोरबाट वायो ग्याँस र मल उत्पादन गरी सफा पानी पुण्यमाता खोलामा पुर्याउने उद्देश्यका साथ सो केन्द्र निर्माण सुरु गरिएको सहरी विकास केन्द्रका निर्देशक ज्याति भूषण प्रधानले जानकारी दिनुभयो । १२ आना जग्गाभित्र बन्न लागेको प्रशोधन केन्द्र आठ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । सो क्षेत्रमा ६८ घरधुरीमा शोचालय नभएकामा चक्र कोषमार्फत शौचालय बनाएर चार वडामा रहेका तीन सय ८८ घरधुरीबाट संकलित दिसाजन्य फोहोरलाई वायो ग्याँस र मलका रुपमा प्रयोग गरी वातावरणलाइ प्रदूषण मुक्त बनाउने केन्द्रको लक्ष्य छ । प्रशोधन केन्द्र निर्माणले पुण्यमाता खोला प्रदूषण मुक्त बनी स्वच्छ वातावरण हुने, दिसाजन्य पदार्थबाट वायो ग्याँस उत्पादन भई केही घरधुरीलाई खाना पकाउन सहयोग पुग्ने, मललाई खेतीमा उपयोग गर्न सकिने र वर्षोनि सेफ्टी टयाँकी सफा गर्दा खर्च हुने रकम जोगिने नाला एकीकृत विकास समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिए ।
साढे दुइ किलोमिटर लामो ढलसमेत निर्माण गरेर बन्न लागेको प्रशोधन केनद्रका लागि २० लाख खर्च हुने परियोजनाले जनाएको छ । प्रशोधन केन्द्रको नालामा विहीवार एवाकका प्रतिनिधि क्रिस्टोफ र सभासद कृष्णपैसाद सापकोटाले संयुक्त रुपमा शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा विश्व हात धुने दिवसको अवसर पारेर सामूहिक रुपमा हात धुनुको साथै नङसमेत काटिएको थियो । कार्यक्रममा समाजसेवी सिद्धिबहादुर कर्माचार्यले प्रशोधन केन्द्रको जग्गा किन्नका लागि ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा सहरी विकास केन्द्रका कार्यकारी निर्देशक कवितावादे श्रेष्ठ, एन्फोका कार्यकारी निर्देशक डा. सुमन शाक्य, नेवाका कार्यकारी निर्देशक उमेश पाण्डेलगायतले प्रशोधन केन्द्रबारे चर्चा गरेका थिए ।
स्रोत : राजधानी दैनिक, ०६७ मंसिर १०, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image