Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
फोहोरका भाँडा पनि चोरी Print E-mail
Posted by Administrator   
Saturday, 27 November 2010

काठमाडौं : राजधानी काठमाडौंलाई फोहोरमुक्त बनाउने उद्देश्यले सडकका किनारमा राखिएका फोहोर हाल्ने भाँडो (डस्टविन) को चोरी हुन थालेको छ।

चीन सरकारको सहयोगमा १ सय ५० वटा डस्टविन राखिएकोमा हालसम्ममा ५ वटा चोरी भइसकेको छन् ।
२ सय ५० लिटर क्षमता भएका उच्च प्रविधिको डस्टविन हराउन थालेपछि महानगरपालिका अब अरू डस्टविनको सुरक्षाका लागि प्रहरीको मद्दत माग्ने पक्षमा पुगेको छ। हराएका पाँचवटा डस्टविनको शुक्रबार दिनभरि खोजी गरे पनि पत्ता लाग्न सकेको छैन् । उपत्यकालाई सफा र स्वच्छ राख्नका लागि चीन सरकारले फोहोर व्यवस्थापन गर्ने सवारी साधनसहित ४ हजार डस्टविन सहयोग गरेको थियो । डस्टविन चोरी हुन थालेपछि हामीले स्थानीय वासीसँग समेत सुरक्षाको उपायका बारेमा छलफल गरेका छौ र कसरी सुरक्षित गर्दै थप डस्टविन राख्ने भन्ने बारेमा गृहकार्य गरिरहेका छौं’ - कामपा वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो । माइतीघरबाट ३ र नयाँ बानेश्वरबाट २ वटा गरी पाँचवटा डस्टविन हराएका हुन् ।
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ मंसिर ११, पेज नं २

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image