Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
दलित बस्तीमा पानीको हाहाकार Print E-mail
Posted by Administrator   
Sunday, 28 November 2010

म्याग्दी : सूचना सञ्चार र यातायातको क्षेत्रमा द्रुतगतिमा विकास भैरहेको म्याग्दी जिल्लाको दोस्रो ठूलो दलित वस्ती पुरण्यमा बसोबार गर्ने १ सयभन्दा बढी दलित परिवार वर्षौदेखि खानेपानीको अभावमा बाँच्न बाध्य भएका छन् । एक गैरसरकारी संस्थाले ८ वर्षपहिला बनाइदिएको धाराहरुमा पानी आउन छोडपचि स्थानीयवासी एक गाग्री पानीका लागि दुइ घण्टा पैदल हिँडेर चनौटेबाट पानी ल्याई साँझ विहानको खाना पकाउने गर्दछन् ।

घरवरपर टोल टोलमा धारा छन तर धारामा पानी नभएकाले घरबाट दैनिक दुइ घण्टा हिँडेर पानी ल्याउने गरेको स्थानीयवासीहरु बताउँछन् । गाउँमा धारा भए पनि पानी नआउने र गाउँमा पानीको स्रोतहरु नभएकोले आफूहरुले यो समस्या भोग्नुपरेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । वर्षौदेखि खानेपानीको अभावमा बाँच्न बाध्य बनेको पुरण्यका वासिन्दाहरुले पटक पटक सम्बन्धित निकायमा पानीको व्यवस्था मिलार्य दिन माग गरेका भएपनि कसैले चासो नदिएको उनीहरुको गुनासो रहेको छ । 'हामीले जिल्लाका सभासददेखि खानेपानी कार्यालय र गाविसमा कति पटक अनुरोध गरिसक्यौ तर कसैले पनि हाम्रो समस्या बुझिदिएनन' स्थानीय कुशल परियारले भने 'हामीले नै भोट लिएर जिताएका सभासद र सम्बन्धित निकायबाट वेवास्ता भएपछि हामीहरु निराश बनेका छौं । दलितका नाममा खुलेका कैयौ एनजिओहरु मोटाएका छन तर हाम्रो समस्या ज्यूँका त्यूँ छ ।'
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ मंसिर १२, पेज नं. ७

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image