Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
तरकारी बजारको फोहोरले समस्या Print E-mail
Posted by Administrator   
Sunday, 28 November 2010

काठमाडौ : प्रदर्शनी मार्ग नजिकैको अव्यवस्थित फोहोरका कारण स्थानीय अस्पताल र क्याम्पस प्रभावित भएका छन् । तरकारी बजारको फोहोर दुर्गन्धले समस्या भएको उनीहरुको दुखेसो गरेका हुन् ।

इच्छुमती तरकारी बजार समितिको अध्यक्ष दीपकराज गिरीले कृषिजन्य फोहोर व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या भएको बताए । समाज कल्याण परिषदको स्वामित्वमा रहेको जग्गा भएकाले फोहोर व्यवस्थापनका लागि संरचना परिवर्तन गर्न नसकिएको उनले बताए । 'एक्लो पहलले मात्र केही गर्न सकिँदो रहेनछ, महानगरपालिकाले सुन्दैन' उनले भने 'संरचना परिवर्तन गर्ने अधिकार हामीलाई छैन । महानगरपालिकाले खर्च गर्ने फोहोर व्यवस्थापनको केही रकम हामीलाई पनि दिए आफै व्यवस्थापन गर्न सक्थ्यौं ।' २०५२ सालबाट सुरु यस तरकारी बजारबाट दैनिक २ टयाक्टर फोहोर निस्कन्छ । समितिका पूर्वअध्यक्ष दीपक पौडेलले कृषिजन्य व्यवसाय गर्नका लागि यो ठाउँ उपयुक्त नभएको बताए । समितिले फोहोर उठाउने मान्छे राखे पनि संकलित फोहोर कहाँ फ्याँक्ने भन्ने समस्यामा व्यवसायीहरु छन् ।
बजारको फोहोर प्रदर्शनी मार्गमा फ्याँक्ने गरिन्छ । यसले बटुवा तथा क्याम्पसका विद्यार्थी समस्यामा परेको व्यापारी मिलन दवाडीले बताए । 'कहिलेकाँही बाटामा थुपारिएको फोहोर नउठाउँदा बजारभित्रै कैयौं दिन त्यत्तिकै छोडिन्छ' धितालले भने 'त्यसको दुर्गन्धले बसीसाध्य हुन्न ।' बजारनजिकै रत्नराज्य, वाल्मीकि र ल क्याम्पस तथा मोडल अस्पताल सञ्चालित छन् । नेपाल विद्यार्थी संघ आरआरका नेता दिनेशचन्द्र थपलियाले फोहोर व्यवस्थित गर्ने विषयमा पटकपटक छलफल भएको बताए । 'बजारबाट उठाएर त्याउनेवित्तिकै अर्को गाडीमा लगिहाल्नेभन्ने महानगरपालिकासँग सहमति भएको थियो' उनले भने । वाल्मीकि पिद्यापीठका स्ववियु सभापति रमेश रिजालले फोहोरलाई निश्चित ठाउँमा थुपारेर उत्पादनका क्षेत्रमा ल्याउनुपर्छ भन्ने पक्षमा मन्त्रालयसँग पनि आग्रह गरिएको जानकारी दिए । मोडेल अस्पतालकी नर्सिङ डाइरेक्टर विन्दु गुरुङले फोहोरले विरामीलाई समेत समस्या परेको बताइन् । 'दूषित वातावरणले विरामीलाई थप समस्या पार्न सक्छ' उनले भनिन् 'भएको बजारलाई हटाउनुभन्दा पनि कसरी व्यवस्थित गर्ने तर्फ सबैले ध्यान दिनुपर्छ ।'
स्रोत : कान्तिपुर दैनिक, ०६७ मंसिर १२, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image