दुइ हजार शौचालय निर्माण सम्पन्न |
|
|
Posted by Administrator
|
Monday, 29 November 2010 |
रुकुम : रुकुमका झाडापखाला प्रभावित क्षेत्रका १० वटा गाविसहरूमा दुइ हजार शौचालय निर्माणसम्पन्न भएका छन । गत बैशाख महिना देखि रुकुमका झाडापखाला प्रभावित क्षेत्रमा शौचालय निर्माणकार्य सुरु गरिएको थियो ।
झाडापखाला प्रभावित गाविसमा नेपाल सरकार, सामुदायिक खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रुकुमले शौचालय निर्माण सहयोग गरेको हो । जसमा एक करोड ६० लाख रुपैया खर्च गरिएको छ । जिल्लाका १० गाविसमध्ये गोतामकोट र आठविसडाडागाउ गाविसमा दुइ सय ८० वटा र आठविसकोट , अर्मा , बाफिकोट , छिवाङ्ग , गरायला , घेत्मा , पुर्तिमकाडा , र स्यालाखदीमा १ सय ८० गरी जिल्लाभर २ हजार शौचालय निर्माणगारिएका छन । खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख प्रेम प्रसाद डोटलले बताएका छन । शौचालय बनाउनका लागि प्रत्येक घरलाई आठ हजार वरावरको सामाग्रि उपलब्ध गरिएको छ । झाडापखालाबाट बढि प्रभावित भएका दलित समुदायलाई प्राथमिकता का साथ निर्माण सहयोग गरिएको छ । एउटा शौचालय निर्माण गर्दा जस्ताको पाता दुइ वटा , प्यान एकवटा , सिमेन्ट एक बोरा, छड नौ केजी र पोलथिन पाइपहरूका साथै ढुवानी अनुदान समेत दिएको छ । शौचालय निर्माणभाए पछि १० वटै गाविसका बासिन्दाहरू खुसि भएका छन । शौचालय निर्माणभाए पछि यस बर्ष झाडापखालाबाट कसैको ज्यान गएको छैन । गोतामकोट गाविसका शिक्षक राजबहादुर मल्ल भन्छन 'यो बर्षा सरसफाई र चर्पि बनाएपछि मान्छेहरू बिरामी परेका छैनन ।' उनले भने पहिले त खेतबारिमा दिशा गर्नहरूले अहिले चर्पिमा दिशा गर्नाले पनि रोग लाग्न नसकेको होला । पहिले बाटोमा हिडदा जताततै बाटोघाटोमा दिशापिसाब देखिने आफनो गाउमा अहिले सबै घरहरूमा चर्पि निर्माणभाएपछि गाउघरमा सफा भएको महेन्द्र उमावि छिवाङ्ग चौताका शिक्षक टेकबहादुर वलीले बताए । शौचालय निर्माणका लागि दश वटै गाविसहरूमा स्थानिय निर्माणसमिति गठन गरिएको छ । उता जिल्ला जनस्वास्थ कार्यालय रुकुमले भने यस वर्ष रुकुममा झाडापखाला नलाग्ने बताएको छ । निमित स्वास्थ प्रमुख सुशाङ्क निना लिम्बुले भनिन 'यो वर्षसबैले घरघरमा शौचालय निर्माणारेका छन, शुद्ध खानेपानी पिउनुका साथै व्यापक रुपमा प्रचार प्रसार गरेकाले पनि झाडापखाला लाग्दैन ।' गत वर्षा रुकुममा मात्र झाडापखाला महामारी बाट ५६ जनाले ज्यान गएको थियो । जसमा २४ जना वालवालिका र ३२ जना अन्य रहेको जिल्ला स्वास्थ कार्यालय रुकुमले जनाएको छ । स्रोत : राजधानि दैनिक, ०६७ मंसिर १३, पेज नं ४ |