Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
धारामा संसद Print E-mail
Posted by Administrator   
Monday, 29 November 2010

नेपाल जलस्रोतमा पहिलो धनी भए...
'सयौ थुँगा फुलका हामी एउटै माला नेपाली' भन्छ हाम्रो राष्ट्रिय गानले । हुन पनि हामी सयौंथरी छौ सयौ जाति, भाषा, भेष र संस्कृतिमा विभक्त तर एउटै नेपाली भावनामा आवद्ध ! अनि हाम्रो दुःख पनि सयौंथरी छन् । सयौंमध्ये एउटा दुःख हो खानेपानीको अभाव । सय परिवारको भागमा एउटा धारा रहेछ बारा जिल्लाको टाँगियावस्तीमा ।

हुन त सय होइन दुइ सय परिवारको भागमा एउटा धारा नभएको गाउँ पनि पक्कै होला हाम्रो नेपालमा । सय परिवारलार्य एउटै मालामा उनेको छ । हेर्नुस त क्या राम्रो, पानी लिन लाइन वस्दा गाउँभरिका मानिस एकै ठाउँ भेला हुन्छन् । त्यसरी भेला भएपछि आपसी अन्तरक्रिया हुन्छ, दुःखसुख साटासाट हुन्छ । भनौ न, त्यो धारालाई टाँगियावस्तीको संसद नै भने पनि हुन्छ । टाँगियावासी एकै ठाउँमा भेला हुने कुनै ठाउँ छ भने त्यो ठाउँ धारा नै हुनुपर्छ । धारा पनि अरुखाले होइन साक्षात टयुववेल हो । अनि सरकारले होइन रेडक्रसले बनाइदिएको हो । धारालाई संसद मान्न् मिल्ने अनेक आधार छन् । संसदमा जसरी छलफल हुन्छ । धारामा पनि गाउँवासीको बीच होहल्लाका बीच अनेक विषयमा छलफल हुँदो हो । छलफल हुँदैमा संसद भन्न मिल्दैन । संसद हुनलाई बेलामौकामा कुटाकुट पनि हुनुपर्छ । टाँगियाबस्तिको धारामा बेलामौकामा भनाभनमात्र होइन कुटाकुट पनि पक्कै हुँदो हो । संसदमा कुर्सी बजेटको तछामडपमाडले कुटाकुट भएजस्तै धारामा चाँही पानी भर्ने हानाथापमा कुटाकुट हुँदो हो । कुटाकुट, छलफल, विवाद सबै हुने टाँगियावस्तीको धारालाई संसद भन्न मिल्दैन त ?
टाँगियावस्ती नेपालमा पर्छ र नेपाल भनेको त्यो देश हो जसलाई 'जलस्रोतको दोस्रो धनी' भन्ने उपाधि हाम्ले दिएका छौं । नेपाल जलस्रोतमा पहिलो नम्बरको धनी भएको थियो भने के हुन्थ्यो होला ? टाँगियावस्तीमा त्यो एउटा धारा पनि हुँदैनथ्यो होला । धन्न एउटा धारा भएपनि पाएका छन् टाँगियनवासीले । धाराबाट घाँटी रसाउनमात्र होइन खेतवारी भिजाउन पनि पाएका छन् । सय परिवारलाई पानी पुर्याउनसक्ने धारा विलक्षणको होइन त - अहँ होइन धारा साधारण नै छ बरु एउटा धाराबाट निर्वाह गर्ने टाँगियावासी पो विलक्षण ! तिनको धैर्य, त्यस्तो अभावमा पनि गुजारा गर्नसक्ने क्षमतालाई मान्नैपर्छ । टाँगियाबस्तीलाइ आर्दश उदाहरण मानेर सरकारले खानेपानीको थप व्यवस्था नगरे भो ! जहाँका जनताले धारा माग्छन तिनलार्इर्र्टाँगियावस्ती देखाइदिने टाँगिँयावस्तीमा सय परिवारले एउटा धाराबाट निर्वाह गर्न सक्छन भन्ने अन्यत्रकाले किन सक्दैनन ? अन्यत्र पनि सय परिवारमा एउटामात्र धाराको व्यवस्था गरे राष्ट्रिउ गाउनका लागि घाँटी भिजाउने पानी समेत नपाउने हालतमा लाखौ जनता बाँचिरहेका छन् । यसमा एउटा प्रश्न के भने नि यही रफ्तारको विकासले हाम्रो राष्ट्रिय गानको मर्म व्यवहारमा कहिले उत्रियला -
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर १३, पेज नं ६

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image