Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
उच्च हिमाली क्षेत्रमा पानी जम्न थाल्यो Print E-mail
Posted by Administrator   
Monday, 29 November 2010

दुइ लिटर पानी थाप्न एक लिटर तातोपानी
खाँदाबारी : संखुवासभा जिल्लाका उच्च हिमालीक्षेत्रमा पर्ने विभिन्न ग्रामीण भेगमा चिसो बढदै गएपछि धाराबाट दुइ लिटर पानी थाप्न एक लिटर तातोपानी खर्च गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

चिसोले पानी पाइपमै जम्न थालेपछि यस्तो अवस्था आएको हो । उच्चक्षेत्रका नुनढाकी, मकालु, पावावाखोला, चेपुवा, हटिया किमाथाँका, सभापोखरी मादीमुलखर्क लगायतका गाविसका बासिन्दा अहिले दैनिक यसरी नै पानी थाप्ने गरेका छन् । नुनटाकी गाविसमा रहेको गुफापोखरी प्राविकी प्रधानाध्यापक हिमा खनालका अनुसार, दिउँसो घाम लागेमा मात्र पाइपमा जमेको पानी र्झछ । 'घाम नलागेको दिन चिसोले पानी पाइपमै जम्छ' उनले भनिन् 'मंसिर लागेदेखि राम्ररी घाम लागेको छैन ।' एक साताअघिबाट चिसो हवातै बढदा उच्चा हिमाली क्षेत्रमा पानीको हाहाकार नै मच्चिएको चेपुवा गाविसस्थित अरुणेदय माविका प्रधान्यापक किड्सन लामा बताउँछन् । 'गाउँमा खानेपानीको मुहान नभएपछि टाढाबाट पाइप विच्छयाएर पानी ल्याइएको छ तर चिसोले पानी पाइपभित्रै जम्छ' उनी भन्छन 'कतिपय स्थानमा मूलकै पानी पनि जमेको छ ।'
नुनढाकी ९ गुफापोखरीकी मित्रकला खनाल पानीको अभाव र्टार्न प्राय स्थानीयवासीले पानी उमालेर पाइपमा खन्यापछि मात्र पानी पाइपबाट झर्ने गरेको बताउँछिन् । 'तातोपानी पाइपमा हालेपछि त्यहाँ जमेको पानी केही समयसम्म र्झछ' उनी भन्छिन 'एक साताजति भयो यसरी नै हामी पानी भरिरहेका छौं । त्यसरी पानी भर्ने बैकल्पिक उपाय अपनाए पनि गाउँमा पानीको आवश्यक्ता परिपूर्ति हुन सकेको छैन । 'पानी उमालेर पाइपमा खन्याए पनि केहीबेर पानी र्झछ' खनाल भन्छिन् 'पाइप चिसो भएपछि पानी फेरी जम्छ हामी हैरान भएका छौं ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर १३, पेज नं ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image