Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
मुहान त किनियो, गाउँमा खानेपानी पुगेन Print E-mail
Posted by Administrator   
Monday, 29 November 2010

खोटाङ : चार वर्षघि आठ लाख २५ हजार रुपियाँमा खानेपानीको मुहान किनिए पनि आर्थिक अभावका कारण जिल्लाको पश्चिमी गाविस च्यास्मिटार र बडहरेमा खानेपानी पुगेको छैन । करिब तीन सय घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको लागि आर्थिक अभाव भएपछि वर्षौदेखि योजना अलपत्र छ ।

आर्थिक अभाव भएपछ पानीको मुहान किन्नबाहेक अन्य काम अघि बढन नसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन राइले भन्नुभयो चन्दा संकलन गरी जम्मा भएको पैसाले मुहान त किनियो तर पानी ल्याउने बजेट नहुँदा त्यसै बसिरहेको छौं । आयोजना पुर ागर्न नसक्दा घण्टौ हिँडेर पानी ल्याउनुपर्ने स्थानीयको भनार्य छ । समुदायले चन्दा संकलन गरेर दुर्छिमस्थित सहरबोटको खानेपानीको महान आठ लाख पच्चीस हजार रुपियाँमा किनेका थिए । आर्थिक अभावमा अहिलेसम्म खानेपानी समुदायले गाउँसम्म पुर्याउन नसकेको बडहरेका स्थानीय रमेशकुमार पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, रसिद कटाएर खानेपानीको मुहान किनियो तर पैसाको अभावले गाउँसम्म पानी लान सकिएको छैन । त्यसबेला पीडित समुदायले दुर्छिम ५ का कृणबहादुर राउतको सहरबोटेस्थित खानेपानी मुहान तीन सय घरपरिवारमा पानी पुर्याउने भन्दै किनेका थिए ।
जिल्ला र गाउँस्तरको योजनाले त्यस खानेपानी योजना पूरा नहुने भएकाले गाउँमा पानी पुर्पयाउन नसकिएको च्यास्मिटारका स्थानीय सुरेन्द्र राईले बताउनुभयो । गत वर्षराष्ट्रिय योजना आयोगले पाँच लाख रुपियाँ दिएको भए पनि केही हुन नसक्ने राईले बताउनुभयो । खानेपानी उपभोक्ता समितिका अनुसार भर्खरै खानेपानीको सर्वेक्षण गर्ने काम मात्र सकिएको छ । योजनाबाट बडहरे ८, ९ १ र च्यास्मिटार १, ५ र ८ मा खानेपानी पुर्याउने उद्देश्यले राखिएको छ । त्यस्तै दुर्छिम ५ का समुदायले तीन वर्षघि गाउँमा पानी पुर्याउन भन्दै र्सर्वेक्षण कार्य पुरा गरे पनि अहिलेसम्म पानी पुग्न सकेको छैन । आर्थिक अभावमा पानी गाउँसम्म पुर्याउन नसकिएको उपभोक्ता समिति अध्यक्ष हर्कराज र्राईले बताउनुभयो । उहाँले हलेसी स्थित खानेपानी त्यहाँ लैजान सर्वेक्षण गरिएको बताउनुभयो । डेढसय घरपरिवारलाई पुग्ने खानेपानी योजना सकिन १७ लाख रुपैयाँ लाग्ने राइले बताउनुभयो ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ मंसिर १३, पेज नं. १०

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image