Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
राजधानीको फोहोर निजी क्षेत्रको जिम्मामा Print E-mail
Posted by Administrator   
Tuesday, 30 November 2010

काठमाडौं : सरकारले काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । फोहोर व्यवस्थापनका लागि सरकारले भारतीय र नेपाली कम्पनीको संयुक्त साझेदारी समूहसँग सोमबार  सम्झौता गरेको हो । साझेदारी समूहमा भारतको हाइड्रो एअर टेक्टोनिक्स र नेपालको कस्तुरी ट्रेड लिँक छन् । सम्झौताअनुसार समूहले २० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले सम्झौतअनुसार निजी क्षेत्रले छिटै काम थाल्ने बताउ । मन्त्रालयको वातावरण व्यवस्थापन शाखाका प्रमुख विनोदप्रसाद सिँहका अनुसार व्यवस्थापनका जिम्मा पाएको समूहले बढीमा ११ महिना भित्र फिल्डमा कामसुरु गर्नेछ । सम्झौतापछि अव विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर), सम्भाव्यता अध्ययन, वातावरणीय परीक्षण लगायतका काम हुनेछन् । फोहोर व्यवस्थापनका लागि आहवा नगरिएको ग्लदोबल टेन्डरमा सहभागी १८ वटा कम्पनीमध्येबाट हाइड्रो र कस्तुरीको साझेदारी समूह छानिएको हो । फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई लगाउन स्थानीय विकास मन्त्रालयले डेढ वर्षघि राष्ट्रिय योजना आयोगका सदस्य डा. निदेशचन्द्र देवकोटाको संयोजकत्वमा अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गरेको थियो । छनोट भएको कम्पनीले १५ लाख रुपैयाँ धरौटीवापत सरकारलाई बुझाएको छ । यस योजनाको कुल लागत १३ अर्ब हुने अनुमान गरिएको छ । जिम्मा पाएको कम्पनीले सरकारलाई निश्चित रोयलटी तिनुपर्नेछ भने कम्पनीले घरघबाट न्यून रकम उठाउने अधिकार पाएको छ ।
सरकारले 'विल्ट अपरेटर ट्रान्सफर मोडेल' अर्न्तर्गत पहिलोपटक फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको हो । सरकारले फोहोर प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि फोहोर व्यवस्थापन र प्रशोधनको सम्पर्ूण्ा काम निजी क्षेत्रले गर्नेछ । सरकारले फोहपोर प्रशोधन केनद्रका रुपमा सुन्दरीघाटलाई छानिसकेको छ । यससम्बन्धी प्रस्ताव हाल मन्त्रिपरिषदमा छ । काठमाडौ उपत्यका खानेपानी बोर्डको स्वामितवमा रहेकापे सून्दरीघाटको पाँच सय ३१ रोपनी जग्गामध्ये एक सय ७० रोपनी प्रशोधन केन्द्रका लागि छानिएको छ । सुन्दरीघाट बल्खु  पुलबाट अर्ढाई किलोमिटरको दूरीमा पर्छ । केन्द्रमा फोहोर प्रशोधन गरी विजुली, पानी, नुन, काइलालगायतका उपभोग्य वस्तु उत्पादन गर्ने योजना छ । उपभोग्य वस्तु बनाइसकेपछि बाँकी रहने पाँचदेखि १० प्रतिशत फोहोर वन्चरे डाँडामा व्यवस्थापन गर्ने योजना बनाईएको छ । उपत्यकाबाट संकलित हुने फोहोरमैला हाल आलेटास्थित ल्यान्डफिल साइटमा फाल्ने गरिएको छ । सिसडोल ल्यान्डफिल साइट भयरएपछि आलेटारमा फाल्न सुरु गरिएको हो । यसरी फोहोर व्यवथापन गर्दा साइटवरिपरिको वातावरणमा प्रतिकुल असर पर्ने गरेको छ । विभिन्न माग तेर्साएर महिनै पिच्छेजस्तो स्थानीय वासिन्दाबाट फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको छ ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर १४, पेज नं. १

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image