Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
फोहोर व्यवस्थापन निजी क्षेत्रको परीक्षा पनि हो Print E-mail
Posted by Administrator   
Wednesday, 01 December 2010

सरकारले काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई सुम्पेकोले दशर्कौ पुरानो फोहोर समस्याबाट उपत्यकावासीले मुक्ति पाउने देखिएको छ । भारतको हाइड्रो एअर टेक्टोनिक्स र नेपालको कस्तुरी ट्रेड लिँको संयुक्त साझेदारीको समूहले २० वर्षम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्नेछ । समूहले बढीमा ११ महिनाभित्र फिल्डमा गएर काम आरम्भ गरिसक्नुपर्नेछ ।

यो अवधिमा चाँहि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्भाव्यता अध्ययन र वातावराणीय परीक्षण लगायतका काम हुनेछन् । निजी क्षेत्रलाई यो कार्य जिम्मा दिन स्थानीय विकास मन्त्रालय डेढ वर्षेदेखि क्रियाशील थियो । त्यसवखत मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनशचन्द्र देवकोटाको संयोजकत्वमा अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गरेको थियो । ग्लोबल टेन्डरमा १७ वटा कम्पनीलाई पछि पारेर यो समूह छनोट भएकपो हो । यो संयुक्त कम्पनीले धरौटीवापत १५ लाख रुपैयाँ सरकारलाई बुझाएको छ । निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मा दिँदा सरकारलाई निश्चित परिमाण्मा रोयल्टी प्राप्त हुनेछ र कम्पनीले चाँहि घरघरबाट व्यवस्थापन सेवा शुल्क उठाउन पाउने व्यवस्था गरिएको छ ।
सरकारले 'विल्ट, अपरेट र ट्रान्सफर' मोडलअर्न्तर्गतथ यो ठेक्का प्रदान गरेको हो । संलग्न कम्पनिले आफ्नो ठेक्काको समयावधि समाप्त भएपछि सबै भौतिक तथा अन्य संरचना सरकारलाई बुझाउनुपर्छ । सरकारले पोहोर प्रशोधन केन्द्रका लागि सुन्दरीघास्थित काठमाषै पत्यका खानेपानी बोर्डको स्वामित्वमा रहेको पाँच सय ३१ रोपनी जग्गामध्ये एक सय ७० रोपनी छानेको छ । जहाँ उपत्यकाको फोहोर प्रशोधन हुनेछ र त्यसबाट विजुली, पानी, नुन कोइला लगायतका उपभोग्य वस्तु उत्पादन गरिनेछ । फोहोरबाट उपभोग्य वस्तु उत्पादन भइसकेपछि बाँकी रहेको वस्तु बञ्चरे डाँडामा व्यवस्थापन गर्ने योजना छ । यसरी व्यवस्थापन गर्नुपर्ने बाँकी फोहोरकपो परिमाण पाँचदेखि १० प्रतिशतमात्र हुने बताइन्छ । उपत्यकाबाट संकलित हुने फोहोरमैला हाल नुवाकोटको आलेटार स्थित ल्यान्डफिल साइटमा फाल्ने गरिएको छ । फोहोर प्रशोधन गर्ने प्रविधिको अभावमा यसअघिका दुइ ल्यान्डफिल साइट काठमाडौकोमूल्पानी गाविसको गोकर्ण ल्यान्डफिल साइट र नुवाकोटको सिसडोल ल्यान्डफिल साइट छिटोछिटो भरिएपछि आलेटार रोजिएको हो । आलेटारमा पनि लामो अवधिसम्म फोहोर पाल्न मिल्ने ठाउँ छैन । आलेटारपछि फोहोर कहाँ राखने भन्ने समस्या देखिएको अवस्थामा निजी क्षेत्रलाई सरिक गराइनुले नयाँ आशा पलाएको छ । यसअघि ल्यान्डफिल साइटको बहानामा केन्द्र र स्थानीय तहबीचको द्वन्द्वले फोहोर नउठने र जनस्वास्थ्यमा नराम्रो असर परेकोउपत्यकावासीका निम्ति त्रासदी बन्दै आएको छ । फोहोर डम्पिङ गर्दा वातावरणमा प्रतिकुल असर पर्यो र स्थानीय क्षेत्रको विकास पनि भएन भनी विभिनन माग तर्ेसाएर स्थानीय बासिन्दाले गर्ने अवरोध स्थायी समस्या बनेको अवस्थामा समस्या समाधान गर्न निजी क्षेत्र आउनु सकारात्मक हो जसले उपत्यकाको फोहोर व्यवस्थापन गरेर राम्रै मोहोर आर्जन गर्ने निश्चित छ ।
हाइड्रो एअर टेक्टोनिक्स र कस्तुरी टे्रड लिँकले सकारेको ठेक्कामा चुनौती र लाभ दुवैका प्रचुर सम्भावना छन् । यो कार्य सफल भयो भने निजी क्षेत्रले प्राप्त गर्ने जश र साख अभूतपूर्व हुनेछ । फोहोर व्यवस्थापनमा स्थानीय विकास मन्त्रालय र काठमाडौ महानगरपालिका सफल देखिएनन भन्ने कुरा तीतो सत्य हो । विशेष गरी फोहोर व्यवस्थापन मुद्दामा स्थानीय तहबाट हुने भद्दा राजनीतिकरण र माथि केन्द्रबाट हुने राष्ट्रिय धनको अपवइयले समस्या हल हुनुभन्दा झन जटिल पारेको तथ्य जगजाहेर छ । यस्तो अवस्थामा निजी क्षेत्रको प्रबेश भउको छ जसबाट उपतयकाबासीले धेरै आशा गरेका छन् । उपत्यकाको यो समस्याले जनस्वास्थ्यमा पारेको असर जति छ यसको दुर्ुनामीले पर्यटन उद्योगमा पारेको नकारात्मक असर अझ बढी छ । तर्सथ यो परियोजना जसरी पनि सफल पार्नु सबै क्षेत्रको परम कर्तव्य हो । यस कार्यमा सरकार राजधानीतिक दलहरुनागरिक समाज र अन्य सरोकारवाला संगठन तथा काठमाडौवासीको दायित्वबोध सर्वोपरि बन्नुपर्छ । ठेक्का पाउने कम्पनीले पनि आफूले प्राप्त गर्ने लाभसँगसँगै आमजनहितको कार्य ठानी कामगर्न सक्नुपर्छ । सबैको सकारात्मक हातेमालोले अवश्य पनि उपत्यकामा स्वच्छ, हराभरा र स्वास्थ वातावरण बनाउन टेवा पुग्नेछ ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर १५, पेज नं ६

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image