Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
ग्याल्थुमबाट मेलम्ची सुरुङ निर्माण सुरु Print E-mail
Posted by Administrator   
Wednesday, 01 December 2010

सिन्धुपाल्चोक : तोकिएभन्दा एक वर्ष ढिलोगरी मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटबाट सुरुङ निर्माण थालिएको छ । अघिल्लो वर्ष कात्तिकमा यहाँबाट सुरुङ खन्ने तयारी थियो । कात्तिक २९ गतेबाट खन्न खोजिए पनि स्थानीयले अवरोध गरेका थिए ।

महाँकाल गाविसको लावागाउँ जाने पैदलबाटो टनेलमै पर्ने भएकोले बैकल्पिक बाटो माग्दै स्थानीयले गरेको अवरोध हटेपछि सुरुङ निर्माण थालिएको हो । टनेलको दुइ सय मिटर वरबाट पैदल बाटो निर्माण थालिएपछि सुरुङ निर्माणअघि बढेको आयोजनाका उपकार्यकारी निर्देशक भरत केसीले बताए । आयोजनाको सबैभन्दा जटिल संरचनासुरुङ मार्ग निर्माणको काम १६ महिनादेखि भयरहेको छ । यसअघि सुन्दरीजल र सिन्धु अडिटबाट सुरुङ निर्माण हुँदै आएको छ । अहिलेसम्म ३ सय ४२ मिटर मात्र सुरुङ खनिएको छ । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुनदरीजलबाट एकसाथ सुरुङ निर्माण थाल्ने येाजना रहेपनि महानस्थल अम्बाथानबाट अझै सुरु हुन सकेको छैन । डिसेम्बर पहिलो सातादेखि अम्बाथानबाट सुरुङ खन्ने तयारी भइरहे पनि प्रबेश मार्गमा एउटा पुल बन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले गत वर्षो साउन १९ गते सुन्दरीजलमा साढे २६ किलोमिटर सुरुङमार्गको शिलान्यास गरेका थिए । चिनिया ठेकेदार कम्पनी चाइना १५ व्युरो रेलवे कर्पोरेसन सुरुङ निर्माणमा संलग्न छ । आयोजना स्थल हेलम्बु सुन्दरीजलसम्म सुरुङ खन्न कम्पनीले ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का सकारेको थियो । १ हजार ५ सय ९६ दिन अर्थात साढे ४ वर्षा सुरुङ निर्माण सक्नुपर्ने सम्झौता छ । सम्झौता अनुसार सन् २०१४ मा सुरुङ बनिसक्नुपर्नेछ । ११ प्रतिशत कम रकममा ठेक्का सकारेको कम्पनीले ११ अप्रिल २००९ मा काम गर्ने साइड पाएको थियो । 'तोकिएको समयमा सुरुङ निर्माण सक्न निकै गाहो छ' केसीले नागरीकसँग भने । हालसम्म सुन्दरीजलबाट ३ सय १० र सिन्धुबाट ३२ मिटर सुरुङ खनिएको उनले जानकारी दिए ।
स्रोत : नागरीक दैनिक, ०६७ मंसिर १५, पेज नं. क

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image