Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
काठमाडौमा चार हजार नयाँ 'डस्ट बिन' Print E-mail
Posted by Administrator   
Wednesday, 01 December 2010

काठमाडौ : दुइ सातायता काठमाडौका सडकमा देखिन थालेका प्लास्टिकको हरियो भाँडोले सहरको फोहोर व्यवस्थापनमा नयाँ उपाय भित्र्याएको छ । छेउबाट हिँडदा नाक थुन्नु नपर्ने अनि छोपिएकै अवस्थामा सोझै फोहोर बोक्ने गाडीमा स्वचालित तवरले खसाल्न मिल्ने । चिन सरकारले सहयोगस्वरुप उपलब्ध गराएको यस्ता चार हजार 'डस्टबिन' मध्ये एक सय २० वटा अहिल्यै विभिन्न स्थानमा राखिसकिएको छ ।

फोहोरका पुराना कन्टेनर वा भाँडोका तुलनामा आकर्षण देखिने यसले प्रयोगकर्तालाई कति लोभ्यायो थाहा छैन तर पहिलो चरणमा राखिएका मध्ये पाँचवटा यस्ता डस्टविन अहिल्यै चोरी भएपछि काठमाडौ महानगरपालिका भने चिन्तित भएको छ । 'विश्वमै फोहोर व्यवस्थापनका निम्ति प्रयोगमा आएको यो सबैभन्दा आधुनिक हो' महानगरपालिकाको सरसफाई विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन 'तर चोर र सडकका बीलाहाहरुको प्रकोपले चिन्ता पनि उत्तिकै गराइरहेको छ ।' माइतिघरबाट तीनवटा र नयाँ बानेश्वरमा राखिएको दुइवटा भाँडो नै हराएका छन भने एउटा गुडकाउँदै लगेर कोटेश्वरतिर फ्याँकिएको अवस्थामा भेटिएको थियो । प्रहरीको सहयोगमा यस्ता गतिविधि नियन्त्रणमा लागेको महानगरपालिकाले सार्वजनिक अहवानमार्फत सर्वसाधारणबाट पनि सहयोग माग्ने श्रेष्ठ बताउँछन् । 'विश्वकै विकसित सहरमा व्यापक हुँदै गएको यसको प्रचलन काठमडौमा कसरी भित्र्याउने भनेर सोच्दै थिएँ' उनी भन्छन्, 'यहाँ आइपुग्दा चीनबाट सहयोगमा आएका चार हजारवटा उस्तै भाँडो देखेपछि रमाइलो लाग्यो ।' एक वर्षअघि पराराष्ट्रिमन्त्री सुजाता कोइराला चीन भ्रमणमा गएको बेला चीन सरकारले काठमाडौको सरसफाइको निम्ति एक सय आठवटा सवारीसाधन सयहोगमा उपलब्ध गराउने वचन दिएको थियो । त्यसलगत्तै प्राप्त सवारीमा तिनको उचित प्रयोगका निम्ति आवश्यक अन्य साधनसमेत उतैबाट पठाईएको हो ।
चीनबाट प्राप्त सवारीमा 'सेल्फ डिस्चार्जिङ एन्ड लोडिङ ट्रक' मात्र ३० वटा छन् । सडकछेउ भाँडोलाई मानवीय सहयोग नलिई सवारीले नै बोकेर हाल्ने र विसर्जन स्थलमा पनि सोझै खसाल्न मिल्ने यस्ता गाडीले एक पटकमा दुइ टन फोहोर बोक्न सक्छन् । यसरी सवारीसाधनले नै उठाउनसक्ने हिसावले बनायएकै भाँडापे सडकमा राखिनु पर्ने भएकाले यी 'रिमुभेवल गार्बेज विन' पनि उतैबाट पठाइएका हुन् । 'अत्याधुनिक प्रविधि भएकाले सुरुमा अप्ठेरो लाग्न सक्छ' श्रेष्ठ भन्छन् 'यसलाई हामीकहाँ सफल बनाउनु उत्तिकै चुनौति छ ।' माथिबाट बन्द हुने यस्ता 'डस्टविन'मा सर्वसाधारणले ढक्कन खोलेर फोहोर राख्नुपर्ने हुन्छ । 'तर हामीहरु फोहोर राख्ने भाँडोको ढक्कन खोल्दा इज्जत जान्छ भन्ठान्छौ' प्रारम्भमा भोग्नुपरेको कठिनाइबारे सरसफाई विभागप्रमुख श्रेष्ठे भने 'आफ्नो फोहोरलाई छोपिएकै स्थानभित्र राख्दा इज्जत बढछ भन्ने विदेशीहरुको सोच पहिले स्थानीयवासीमा भर्नु जरुरी छ ।'  त्यसो नहुँदा कतिपय स्थानमा भाँडोको वरिपरि फोहोर फ्याँकिएको अवस्थामा भेटिएको थियो । यो समस्याकै कारण काठमाडौमा पछिल्लो समय यस्ता भाँडोको ढक्कन महानगरपालिकाले खुलै राखिदिन थालेको पनि उनले बताए ।
महानगरपालिकाले फोहोर उठाउने सवारीसाधन सजिलै ओहोर दोहोर गर्नसक्ने सम्पूर्ण स्थानमा अब यस्ता 'डस्टविन' विस्तार गर्ने भएको छ । असनलगायत भित्रि क्षेत्रमा भने तत्काल पुरानै प्रणालीलाई निरन्तरता दिइनेछ । महानगरपालिकाले यस्ता सुविधाजनक 'डस्टविन'हरु धरौटी लिएर सरकारी कार्यालय अस्पताल, विद्यालय जस्ता सार्वजनिक स्थललाई वितरण गर्ने सोच पनि लिएको छ । त्यसो भए प्रयोगकर्तालाई पनि सुविधा हुने र महानगपालिकालाई पनि संकलन गर्न सजिलो हुने श्रेष्ठ बताउँछन् । यसरी नौलो प्रविधि प्रयोगमा ल्याएपछि के परिवर्तन आएको छ ? 'दुइ सातामै यसले सडकमा फ्याँकिने साना पोकाहरुको मात्रा कम देखाएको छ' टेकुस्थित कार्यालयमा एकाविहानै महानगरको फोहोर व्यवस्थापनमा सक्रिय भइरहेकै बेला उनले नागरीकलाई भने 'फोहोर थुपारेको स्थानबाट सडकमा आउने धुलोको मात्रा पनि कम गराएको छ ।'
स्रोत : नागरीक दैनिक, ०६७ मंसिर १५, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image