Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
राउटेलाई खानेपानी समस्या Print E-mail
Posted by Administrator   
Friday, 17 December 2010

कञ्चनपुर : कञ्चनपुरको सदरमुकाममा पर्ने भएपनि दुर्गम मानिएको मटैनाका राउटे परिवारलाई खानेपानीको समस्या भएको छ । भीमदत्त नगरपालिका ९ मटैनामा वर्षौदेखि बस्दै आएको राउटे परिवारहरुले आफूहरुलाई पानीको समस्या भएपछि अधिकाँश बसाई सरेका छन् ।

दशकौदेखि बसोवास गर्ने राउटेको विषयमा सरकारको वेवास्ताले पानीको समस्या भएको हो । सरकारले भत्ता दिन्छ के गर्ने पानी छैन, लालबहादुर रावतले भन्नुभयो भत्ताले गर्ने के ? खान र लाउन पनि पुग्दैन रावतले भन्नुभयो पानीका लागि आधा दिन हिँडेपछि पानी महाकाली नदीबाट घर पुग्छ  पानीलगायत कन्दमुलको समस्याले अन्य परिवार बसाई सरेपछि राउटेका दुइ परिवार मात्रै छन् । दुइ वर्षअघिसम्म १३ परिवार भएकामा वाँकी यस्तै विभिनन समस्याले जोगबुडाको आमपानी बसाईसराई गरेर गएका भीनपा ९ का वडा सचिव गगन नाथले बताउनुभयो । पानी र वासको अभावले भएका दुइ परिवार पनि विगत लामो समयदेखि एक सामुदायिक वनभित्र आश्रय लिएर बसिरहेको सचिव नाथले जानकारी दिनुभयो । उपभोक्ताहरुले सामुदायिक वनमा जान नदिने गरेकाले आफूहरुको रोजीरोटी खोसिएको बताउँदै रावतले सिकार खेल्न र जंगली कन्दमुल खान नै समस्या भएको बताउनुभयो ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ पौष २, पेज नं. १३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image