|
सुक्खायामका लागि पानी संकलन |
|
|
|
Posted by Administrator
|
|
Saturday, 25 December 2010 |
|
बागलुङ : निरन्तर खानेपानीको अभाव व्यहोरेका बागलुङको काँडेबासका बासिन्दाले हिजो आजदेखि नै फागुन चैत्रका लागि पानी संकलन गर्न थालेका छन् । ८० घरधुरी भएको काँडेबास गाविस ७ मा अहिलेसम्म कुनै खानेपानी आयोजना छैनन् ।
पानीको मुख्य स्रोत कमेरेको मूल भएपनि फागुनमा नै मूल सुक्ने भएपछि स्थानीयवासी पानी संकलनमा जुटेका हुन् । फागुन चैत्रको समयमा चार घन्टा हिँडेर छिमेकी जिल्ला गुल्मीबाट पानी लिएर खानुपर्ने बाध्यता रहेको स्थानीय नारायण कँडेलले बताए । उनले पानी संकलन गर्न अहिले गाउँमा रहेको साझा पानी टयाँकीमा पानी संकलन गर्न थालिएको जानकारी दिए । काँडेवासीले खानेपानीका लागि जिल्ला खानेपानी कार्यालयको सहयोगमा चार वर्षअघि विभिन्न ठाउँमा सातवटा खानेपानी टयाँकी निर्माण गरेका थिए । पानी नभएपछि अहिले ती टयाँकी जीर्ण भएका छन् । स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ पौष १०, पेज नं. ८ |