|
उपत्यकाको खानेपानीको उचित व्यवस्था गर्न योजना थालनी |
|
|
|
Posted by Administrator
|
|
Saturday, 25 December 2010 |
|
काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले उपत्यकामा खानेपानीको उचित व्यवस्थापनका लागि नयाँ सुधार योजना थालनी गरेको छ । उपभोक्ताहरुले धारामा नियमित पानी नआएको भनी दिनहुँ गुनासो गर्न केयूकेएलमा आउन थालेपछि खानेपानीलाई नियमित गराउन केयूकेएलले उक्त सुधार योजना थालनी गरेको हो ।
केयूकेएलका प्रवक्ता सुरेश आचार्यले सुख्खा मौसमको सुरुवातसँगै उपत्यकाभित्र खानेपानी अभाव हुने गरेकाले उपभोक्ताको राहतका लागि नयाँ सुधार योजना सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्याकाभित्र खानेपानीको चुहावट न्यूनीकरण गर्न पुराना पाइप लाइन फेर्ने, खानेपानीको उत्पादन वितरण प्रणालीमा सुधार ल्याउने, ढल सेवामा सुधार ल्याउने उद्देश्यले उक्त सुधार योजना सुरु गरिएको हो । केयूकेएलका प्रवक्ता आचार्यले बानेश्वर, कुसुन्ती लगायतका क्षेत्रको चुहावट रोक्नका लागि पुराना पाइप लाइन फेर्न थालिएको पनि जानकारी दिनुभयो । केयूकेएलले खानेपानी उत्पादन नियमित गर्नका लागि नख्खुमा इन्टेक पुननिर्माण र सुधार, व्लक मिटर तथा अल्टसोनिक मिटर जडान, नयाँ पम्प खरिद, लोडसेडिमा खानेपानी उत्पादनमा व्यवधान नहोस भनी पाँचवटा जेनेरेटर खरिद गरिनुका साथै विभिन्न स्थानमा नयाँ टयुववेल निर्माणकार्य सुरु गरेको पनि उहाँले बताउनुभयो । उपत्यकाका खानेपानीको दीर्घकालीन समस्या पूर्ण समाधानको उपाय मेलम्ची खानेपानी योजना सम्पनन हुनु मात्र भएको बताउँदै प्रवक्ता आचायले मेलम्ची योजना निर्माण नहुँदासम्म यस्तै सुधारका कर्यक्रमलाई निरन्तरता दिइरहन्छौ भन्नुभयो । मेलम्चीको सपोर्ट कार्यक्रम अर्न्तर्गत सिँहदरवाभित्र चारवटा टयुववेल निर्माण गर्ने, धोवीघाटमा आकासेपानी संकलन प्रविधि विकास गर्ने, भक्तपुरको बोडे मुहानमा टयुववेल निर्माण गरिने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । स्रोत : गोरखापत्र दैनिक, ०६७ पौष १०, पेज नं. ५ |