Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
सय परिवारलाई एउटा धारा Print E-mail
Posted by Administrator   
Tuesday, 28 December 2010

बारा : बाराको डुमरवाना गाविस- ७ टाँगियाबस्तीका बासिन्दा पिउने पानीको संकटमा परेका छन् । यहाँका करिब सय परिवारले एउटै धारामा भर पर्नु परेको छ । उपभोक्ता धेरै भएकाले पानी थाप्ने पालो नपाएर समस्यामा परेका हुन् ।

करेसाबारीमा सिँचाइ र पाल्तु जनावरका लागि समेत त्यही धाराको पानीमा भर पर्नु परेकाले झनै समस्या भएको गाउँले बताउँछन् । 'एक गाग्री पानी भर्न घन्टाँै कुनुपर्छ,' स्थानीयवासी श्याम थापाले भने, 'घन्टाँै कुरेर नबसे पालो पाइँदैन ।'
सो धाराको पानी बस्तीका सय परिवारका ६ सयभन्दा बढी उपभोक्ताले प्रयोग गर्दै आएका छन् । पानी भर्न ट्युबेलमा बिहान ४ बजेदखि राति ८ बजेसम्म भीड लाग्ने गरेको अर्का स्थानीय बासिन्दा शंकर श्रेष्ठले बताए । 'पानी थाप्न बस्दाबस्दै अधिकांश गाउँलेको समय बित्छ, खानेपानीको असुविधाले किसानको खेतबारी र अन्य कामसमेत प्रभावित भएको छ,' उनले भने ।
बस्तीमा रहेको अर्को एउटा ट्युबेलबाट पानी आउन छाडेपछि स्थानीयवासी एउटै धारामा निर्भर भएका हुन् ।
नेपाल रेडक्रसले निर्माण गरेको सो ट्युबेलबाट दुई वर्षअघिदेखि पानी आउन छाडेको छ । बस्ती उत्तरतर्फको वन फँडानी भएपछि पानीको मूल सुकेर धारामा पानी आउन छाडेको हो । वन फँडानीले पानीको सतह गहिरिएर पानी आउन छाडेको अर्का स्थानीय बासिन्दा शंकर सुन्दासले बताए । वन कार्यालयले रूख चोरी कटानी नियन्त्रण गर्न असफल बनेपछि टाँगियाबस्ती नजिकको जंगलमा केही वर्षयता वन फँडानी बढेको उनको भनाइ छ ।
करेसाबारीमा सिँचाइ र पाल्तु जनावरका लागि समेत धाराको पानीमा भर पर्नु परेको छ । बस्तीनजिक पानीको अर्को स्रोत नभएकाले किसानले धाराको पानी प्रयोग गरेर खेतबारीमा सुर्ती र करेसाबारीमा तरकारी खेती गर्दै आएका छन् ।
'अर्को विकल्प छैन, गाग्रीमा ओसारेर सिँचाइ र बस्तुभाउलाई खुवाउनुपर्छ,' स्थानीय गृहिणी देवकी लामिछानेले भनिन् । खोला निकै टाढा भएकाले चापाकलको पानी ओसारेर नहाले बाली नफल्ने उनले बताइन् ।
स्रोत : नयाँ पत्रिका दैनिक, ०६७ पौष १३, पेज नं ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image