|
Posted by Administrator
|
|
Tuesday, 28 December 2010 |
|
दैलेख : सदरमुकाममा चार दिनदेखि खानेपानी आपूर्तिमा अवरोध भएको छ । बजार खानेपानी आयोजनाको प्रसारण लाइनको पोलिथिन पाइप सडक निर्माणको काम गरिरहेको डोजरले फुटाइदिएपछि खानेपानी आपूर्ति अवरुद्ध भएको हो ।
सदरमुकामदेखि १८ किलोमिटर टाढा भवानी गाविसको कालेखोलाबाट आपूर्ति भइरहेको पानी भवानीको ग्वाती डाँडागाउँ भन्ने ठाउँमा नयाँ सडक खन्ने काममा डोजरले पाइप फुटाए पनि बनाउने पहल नभएपछि सदरमुकाममा पानीको समस्या परेको छ । खानेपानी आपूर्तिमा अवरोध भएपछि सदरमुकाम आसपासका ढुंगेधारामा घन्टौ पैदलयात्रा गरेर पानी भर्न जानेको भीड लाग्ने गरेको छ । कमजोर गुणस्तरका कारण एक ठाउँ जोडेर पानी चलाउँदा फेरि नयाँ ठाउँमा पाइप फुटेर मर्मतमा जुटिरहेका प्लम्बरको भनाई छ । २०३२ मा एक हजार जनसंख्याका लागि एक लाख लिटर पानी क्षमताको टयाँकी निर्माण गरी खानेपानी आपूर्ति थालिएको सदरमुकाममा अहिले दैलेख बजार खानेपानी आयोजनाका उपभोक्ता १२ हजार पुगिसकेका छन् । स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ पौष १३, पेज नं. १० |