Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
काकाकुल सुखौरा Print E-mail
Posted by Administrator   
Tuesday, 28 December 2010

बाग्लुङ : बाग्लुङको पश्चिमवर्ती विकट क्षेत्र सुखौराका बासिन्दा पिउने पानीको चरम समस्या झेलिरहेका छन्  । पर्याप्त पानीका स्रोतको अभाव र भएका स्रोतको पनि उचित व्यवस्थापन हुन नसक्दा सुखौरावासीले खानेपानीको समस्या भोग्नुपरेको हो ।

एक गाग्री पानी ल्याउन दुइ घन्टा हिँडनुपर्ने बाध्यता सुखौरा गाविसका २ सय ६७ घरधुरीले भोग्नुपरेको छ । सुखौरा गाविसका वडा नम्बर ७, ६, २, ३, १, ४ र ५ का बासिन्दाले सबैभन्दा बढी खानेपानीको समस्या झेल्दै आएका छन् । हुनेखानेले पाइप जडान गरेर घरमै पानी पुर्याए पनि अधिकाँशले खोला, खोल्सा र कुवाको फोहोर पानीका लागि लामो समय खर्चिनुपर्ने बाध्यता रहेको छ । वर्षको ६ महिना खोलाकै भए पनि ढुक्कसँग पानीको उपभोग गर्ने सुखौरावासीको दैनिकी बाँकी ६ महिनामा निकै कष्टकर बन्ने गरेको छ । बाहै महिना पानीको समस्या भोगेका सुखौरा ७ भित्री वनका डिलबहादुर सामतले १ गाग्री पानी ल्याउन २ घन्टा लगाएर जौवारी खोला अथवा भित्री वनको मूलमा जानुपर्ने बाध्यता रहेको बताए । 'खाना पकाउन, पिउन,  सरसफाई तथा वस्तुभाउका लागि पानीको निकै समस्या भएको छ' सामतले भने ।
एक गाग्री पानी ल्याउँदैमा विहान जाने गरेको सुखौरा ७ की तिर्सना थापामगरले बताइन । उनले भनिन 'स्कुले केटाकेटीलाई समयमै खाना पकाउन नभ्याउँदा कहिले त भोकभोकै जान्छन् ।' गाविसले विकास निर्माणको क्षेत्रमा बजेट विनियोजन गरे पनि मानवीय जीवनमा प्रत्यक्ष सरोकार राख्ने खानेपानीका लागि बजेट  विनियोजन नगरेको सुखौरा ४ माझगाउँका बलबहादुर थापाले गुनासो गरे उनले भने 'गाउँपरिषदमा हाम्रा कुराले प्राथमिक्ता नपाउँदा खानेपानीको समस्या परेको छ ।'
स्रोत : नयाँ पत्रिका दैनिक, ०६७ पौष १३, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image