Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
नख्खु खोलाको खानेपानी लेदो Print E-mail
Posted by Administrator   
Monday, 17 January 2011

दुइ लाख उपभोक्ताले पिउने पानीमा सडक र खानीको असर
ललितपुर : बाहुवलका भरमा नख्खु खोलैखोलाबनेको सडक र ललितपुर टीका भैरवका अवैध ढुंगाखानीले काठमाडौ महानगरका दुइ लाख उपभोक्ताको धारामा आपूर्ति हुने खानेपानी प्रदूषित भएको छ । लेले र नल्लु गाविसमा सञ्चालित खानी फैलाउन धमाधम जंगल मासिएपछि नख्खु खोलामा पानी घटेको छ । मुहान सुक्न थालेपछि ती धारामा आउने पानी गत वर्षरुभन्दा कम भएको छ ।

उक्त क्षेत्रमा पानीको मात्रा र गुणस्तरमा गिरावट आएको गुनासो बोकेर उपभोक्ता काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) धारइरहेका छन् । ललितपुर बागडोल नजिकै सुन्दरीघाटमा सानो बाँध बनाई केयूकेएलले दुइ दाखभन्दा बढी उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । सुन्दरीघाटको ११ लाख लिटर क्षमताको टयाँकीमा पानी जम्मा गरेर केयूकेएलले बल्खु, गाँखेल, कलेश्व्र, कालीमाटी, ताहचल, रविभवन, भोटेबहादल, त्रिपुरेश्वर, चोभार लगायत क्षेत्रमा पानी वितरण गरिरहेको छ । केही वर्षम्म कञ्चन पानी वग्ने नख्खु खोलामा लेदो मिसिएपछि वितरणमा समस्या आएको केयूकेएलका कर्मचारीले बताएका छन् । सुन्दरीघाट बाँधमा खटिएका केयूकेएलका कर्मचारीले नख्खु खोलामा केही महिनादेखि हिउँदमा पनि हिलो पानी बगिरहेको बताए । उनीहरुले त्यसको दोष खोलैखोला गुडिरहेको टिपर र टीका भैरवका ढुंगा खानीलाई दिएका छन् । 'अहिले पनि बर्खाजस्तो भेल आइरहेको छ' आइतवरा बाँधमा भेटिएका एक कर्मचारीले नागरिकसँग भने 'टि्रटमेन्ट गरेर पठाउन खोजेका छौं, तर सफल हुन सकिएको छैन ।' ढुंगाखानीका ठेकेदारसँगको डरले नाम उल्लेख गर्न नचाहने ती कर्मचारीका अनुसार वर्खामा पानी ठूलो हुने हुँदा धेरै खेर फालेर भएपनि प्रशोधन गर्न सजिलो छ । 'पानी घटेर एक घट्ट हुन लागेको छ, कति खेर फालेर कति छान्नु ।'
खालैखोला टिपर हिँडेर नख्खु हिलाम्मे भएको हो । खानीले ढुंगा बटुल्दा निस्कने धुलो/हिलो निर्वाध नख्खुमा मिसाएकाले सुन्दरीघाटको खानेपानी टयाँकीमा हिउँदमा पनि लेदो जमेर भरिन लागेको छ । साइटमा खटिएका कर्मचारीले नाम बताउने हिम्मत नगरे पनि केयूकेएल केन्द्र र जिल्लास्तरीय कार्यालयका अधिकारीले ढुंगाखानी र अवैध सडकविरुद्ध बोलेका छन् । केयूकेएल केन्द्रका प्राविधिक अधिकृत अमरबहादुर धिमालले नख्खुखोला पहिले स्वच्छ हेकामा सडक बनेपछि समस्या थपिएको बताए । खानीको लेदो फोहोर/परार थेग्रिदै आउने गरेकामा अहिले टिपरले हुँडल्दै सुन्दरीघाटसम्मै ल्याउने उनले बताए । सुन्दरीघाटबाट केयूकेएलले ११ हजार धारा वितरण गरेको छ । केयूकेएलका अनुसार एक धाराबराबर कम्तिमा २० उपभोक्ता हुन्छन् । महानगर ११, १२, १३, १४ वडाका कर्मचारी सुन्दरीघाटबाट आपूर्ति भइरहेको पानी गुणस्तरमा सुधार माग गर्दै केयूकेएल धाइरहेका छन् । बल्खु कुमारी क्लव खानेपानी उपभोक्ता समिति अध्यक्ष गिरिन्द्रराज अधिकारीका अनुसार नख्खु खोलामा टिपर हिँडन  थालेपछि धमिलो पानी आउने समस्याले उपभोक्ता आजित छन् । 'पानीमा सरोवरी मिसिएर आउने हिलोले हाम्रा घरका टयाँकी भरिन लागेका छन्' उनले भने । काठमाडौको दक्षिण क्षेत्र भूसतहमा कालो माटोको पत्र रहेकाले अधिकाँश ठाउँबाट बोरिङ गर्न नमिल्ने भएकलो पानीको बैकल्पिक स्रोत नभएकाले नख्खुखोलाको बचावटमा उपभोक्ताहरुले बढी नै चासो देखाइरहेका छन् । 'हाम्रालागि नख्खुखोला मेलम्चीबराबर नै हो' अधिकारीले भने 'ढुंगा ओसार्ने नाममा हाम्रो पानी काटन पाइन्न ।'
बल्खुनिवासी त्रिवि अर्थशास्त्र विभाग प्रमुख रुद्र उपाध्यायले 'पानी जस्तो आधारभूत आवश्यकतामा हेलचेक्रयाई गरेर मानवीय स्वास्थ्यमाथि खेलवाड गरेको' बताए । उनले भने 'उसै पनि थोरै पानी विरतण भइरहेको क्षेत्रमा प्रदूषित पानी वितरण भइरहेको क्षेत्रमा प्रदूषित पानी वितरण गर्नु जिम्मेवार निकायको अकर्मण्यता हो ।' केयूकेएल त्रिपुरेश्वर शाखाप्रमुख किशोर प्रधानका अनुसार खोलामै टिपर हिँडनुका साथै खानीको माटो खोलामा मिसाउँदा सुन्दरीघाटबाट पान वितरण गर्न समस्या थपिएको छ । खोलैखोला कुदने टिपर र अव्यवस्थित खानीले पुर्याएको असरबारे जिविस र प्रशासनलाई केयूकेएलले पटप पटक जानकारी गराएपनि ती निकायले रत्तिभर चासो दिएका छैनन् । 'हामीले पिउने पानीमै असर पर्यो भनेर सिडिओ र एलडिओलाई धेरैपटक भन्यौ' प्रधानले भने 'उहाँहरुले सहयोग नगरेपछि फोहोर पानी नै पठाउनु परेको छ ।' उपत्यकामा पानी आपूर्ति गर्ने नख्खु खोला सुन्दरीजल र फपिङपछिको स्रोत हो । वातावरणमैत्री हुनुपर्ने, चेकडयाम बनाउनुपर्ने, गरा बनाउँदै उत्खनन गर्नुपर्ने, खानीको धुलो उठाउन र बगाउन नपाइने नियम ललिपुरको दक्षिणी क्षेत्रका खानीले पालना गरेका छैनन् । जिविसलवे र्सवदलीय संयन्त्रको समर्थनमा नख्खु खेला मिचेर सडक बनाएको थियो । जिविसको खानी समितिले लेले र नल्लुका कुनै खानीले पनि प्रक्रिया नपुर्याएको प्रतिवेदन दिए पनि जिविस र प्रशासनले अहिलेसम्म कारबाही गरेका छैनन् । असारमा गर्नुपर्ने नवीकरणसमेत नगरेका ३१ खानीलाई उल्टै जिविसले नवीकरण गर्न एक साताको म्याद थपेको छ । नख्खु दायाँबायाँ १२ / १२ मिटर छाड्नुपर्ने मन्त्रिपरिषद्को निर्णय लत्याउँदै जिविसले खोलालाई कुलो बनाएर सडक बनाएको छ । प्रक्रिया पूरा नगरी रातारात बनेको १६ किलोमिटर लामो सडक कयौं ठाउँमा खोलैखोला र दुइ स्थानमा पुलमुनिबाट पार हुन्छ । संसदको प्राकृतिक स्रोत साधान समितिले नख्खु मिचिएको तथा खानीबारे जानकारी लिन सरोकारवाला मन्त्रालयका सचिव र कार्यालय प्रमुखलाई सोमबार बोलाएको छ । ललितपुरका नल्लु र लेलेमा अवैध रूपमा सञ्चालित ढुंगागिटी खानीलाई राजनितिक संरक्षण छ । जिल्ला विकास समितिमा रहेको दलीय संयन्त्रले यस्ता खानीको पक्षपोषण गर्दे आएको छ । पार्टी प्रतिनिधि नै खोला मिचेर सडक खन्न र खानी चलाउने अनुमति दिने कार्यमा रहेकाले चाहेर पनि अवैध धन्दा चलाउनेमाथि कारबाही गर्न नसकेको प्रहरीले गुनासो छ ।
स्रोत : नागरिक दैनिक ०६७ माघ ३ गते पेज २

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image