Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
पोखरा नगरक्षेत्रमा राति पनि फोहोर संकलन Print E-mail
Posted by Administrator   
Monday, 17 January 2011

पोखरा : जनशक्ति र उपकरणको अभाव भन्दै पोखरा नगरक्षेत्रमा उत्पादित सबै फोहोर संकलन गर्न नसकेको पोखरा उपमहानगरपालिकाले पर्यटकीय नगर पोखरालाई पर्यटकमाझ सुन्दर देखाउन साँझ र रातको समयमा मुख्यमुख्य बजारक्षेत्रको फोहोर संकलन कार्यसुरु गरेको छ ।

पर्यटन वर्षसगै पोखरामा आउने पर्यटकलाई दुर्गन्ध नफैलियोस् भनेर नै चौबिसै घन्टा सहर सफा राख्न साँझ र रातको समयमा फोहोर संकलन कार्यको सुरुवात गरिएको जानकारी पोखरा उमनपा ल्यान्डफिल साइट व्यवस्थापन शाखाका इन्जिनियर सुशील पौडेलले दिए । दिउँसो तीन बजेदेखि राति आठ बजेसम्म बजारका मुख्यमुख्य क्षेत्र र पर्यटकीय लेकसाइडमा फोहोर संकलन सुरु गरिएको छ । पोखराको पृथ्वीचोक, बसपार्क, नयाँसडक, महेन्द्रपुल, चिप्लेढुंगा एयरपोर्ट, राष्ट्र बैक चोक, पातले छाँगो (डेभिसफल), अमरसिंहचोक, नयाँबजार, सिर्जनाचोकमा साँझ र रातको समयमा फोहोर संकलन गरिनेछ । मुख्यगरी पर्यटक घुमफिर गर्ने क्षेत्रमा सफा राख्न बेलुकाको समयमा फोहोर संकलन कार्य सुरु गरिएको पौडेलको भनाइ छ । पोखरा नगरक्षेत्रमा प्रतिवेदन उत्पादन हुने ८४ टन फोहोरमध्ये उमनपाले हाल ५९ टन मात्र संकलन गर्नसकेको छ । बाँकी २५ प्रतिशत फाहोर सडकछेउछाउमै रहने गर्छ भने केही सेती  नदी र सेती नहरमा समेत फालिने गरिन्छ । जनशक्ति, कम्प्याक्टर र टि्रपरको अभावमा नगरक्षेत्रमा उत्पादन हुने सबै फोहोर संकलन गर्न नसकिएको नगरपालिका सरसफाइ शाखाका प्रमुख चूडामणि तिवारी बताउँछन् । पोखराका १८ वडामा दैनिक चार कम्प्याक्टर र सातवटा टि्रपर गरी ११ वटा गाडीले फोहोर संकलन गर्दै आएका छन् । यसअघि सरसफाई शाखामा एक सय ५० कर्मचारी रहेकामा राजनीतिक अस्थिरताले रिक्त कर्मचारीको पदपूर्ति गर्न नसक्दा हाल ८० जना कर्मचारीले फोहोर व्यवस्थापन गर्नुपरेको पौडेलले बताए । 'पोखरामा उत्पादन हुने फोहोर बढदै गयो जनशक्ति भने घटदै गयो' उनले भने । नगरपालिका सञ्चालन गर्न गठित राजनीतिक संयन्त्रका सदस्य ज्ञानबहादुर कोइरालाले भने 'पाखरेलीले उत्पादन हुने फोहोर एउटा भाँडोमा व्यवस्थित गरेर राखिदिए मात्र पुग्छ, फोहोर संकलन गर्न नगरपालिका घरमै पुग्छ ।'
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ माघ ३, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image